कोलकाता, 15 जनवरी (हि.स.) । पश्चिम बंगालमा यस वर्ष जाड़ोको अनभूति धेर दिनसम्म रहनेवाला छैन। बड़ा दिन, नयाँ वर्ष तथा मकर संक्रान्ति पनि कठ्याङ्ग्रिने जाड़ो बिनै बित्यो। मौसम विभागको भनाइ छ, अब माघ महिनामा पनि अधिक जाड़ो हुने आशा छैन। अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयद्वारा बुधवार जारी बयानमा बताइएको छ, पश्चिमी विक्षोभको कारणले उत्तरबाट आउने चिसो हावा फेरि रोकिनेछ जसबाट तापमान बढ़्नसक्छ।
आगामी शनिवार नयाँ पश्चिमी विक्षोभ सक्रिय हुनेछ जसबाट आगामी चार-पाँच दिनसम्म मौसम स्थिर रहनेछ। दक्षिण बंगालका बाँकुड़ा, पश्चिम बर्दमान, बीरभूम औ मुर्शिदाबादमा बिहान सामान्य कुहिरो लाग्नसक्छ। कोलकाता सहित अन्य जिल्लाहरूमा पनि कुहिरोको सामान्य प्रभाव रहनसक्छ। उत्तर बंगालका जलपाईगुड़ी, कुचबिहार अनि उत्तर दिनाजपुरमा घना कुहिरो लाग्नेछ जसबाट कतिपय क्षेत्रहरूमा दृश्यता 50 मीटरसम्म कम हुनसक्छ।
बारम्बार पश्चिमी विक्षोभ सक्रिय हुनाले उत्तरको चिया हावा बंगालसम्म पुग्न सकिरहेको छैन जसबाट यसपालि माघ महिनामा पनि जाड़ोको प्रभाव रहने सम्भावना छैन। जनवरीको अऩ्तसम्म तापमानमा कुनै ठूलो ह्रास आउने आशा छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा