कोलकाता, 15 जनवरी (हि. स.)। पश्चिम बंगाल सरकारले राज्यको सरकारी एजेन्सी पश्चिम बंगाल फार्मास्युटिकल्सद्वारा सप्लाई गरिँदै ल्याइएका 14 वटा औषधिहरूमाथि प्रतिबन्ध लगाइदिएको छ। यो फसेला मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा एकजना प्रसुताको मृत्यु भएपछि लिइएको हो जहाँ कथित रूपमा यस एजेन्सीद्वारा आपूर्ति गरिएको रिंगर ल्याक्टेट सल्युशन प्रयोग गरिएपछि गम्भीर जटिलता सामु आएको थियो। स्वास्थ्य विभागले मंगलवार यस सम्बन्धमा आधिकारिक आदेश जारी गऱ्यो जसमा स्पष्ट रूपमा भनिएको छ, अब यी 14 वटा औषधिहरू राज्यका कुनै पनि सरकारी अस्पतालहरूमा प्रयोग गर्न सकिनेछैन।जुन अस्पतालहरूमा यी औषधिहरू पहिलाबाटै रहेको छ उनीहरूलाई पनि तत्काल हटाउने निर्देश दिइएको छ।
स्वास्थ्य विभागको आदेश अनुसार यी 14 वटा औषधिहरूमध्ये पहिलो 7 वटा औषधिहरूको आपूर्ति अब अन्य फार्मा कम्पनीहरूले गर्नेछ भने रहल सातवटा औषधिहरूलाई अस्पतालहरूले नै बजारबाट किन्नुपर्नेछ।
14 प्रतिबन्धित औषधिहरू यस प्रकार छन् -
मेदिनीपुर मेडिकल कलेजमा प्रसुताको मृत्यु भएपछि प्रतिबन्ध लगाइएका औषधिहरूमा रिंगर ल्याक्टेट सल्यूशन, डेक्सट्रोज सल्यूशन, लिवोफ्लक्सासिन इन्फ्यूजन, पेरासिटामोल इन्फ्यूजन, सोडियम क्लोराइड इन्जेक्शन, म्यानिटोल इन्फ्यूजन, अफ्लक्सासिन इन्फ्यूजन, पेडियाट्रिक मेंटेनेंस इलेक्ट्रोलाइट सल्यूशन, रिंगर सल्यूशन, सोडियम क्लोराइड इरिगेशन सल्यूशन, सोडियम क्लोराइड 0.9% +डेक्सट्रोज 5% इन्जेक्शन, सोडियम क्लोराइड इन्जेक्शन 0.45% सितै डेक्सट्रोज 5%, सोडियम क्लोराइड इन्जेक्शन IP 0.9% नर्मल औ डेक्सट्रोज इन्जेक्शन 10% एमओएसएम/लीटर 650 मिली हाइपरटोनिक सामेल छन्।
कर्णाटक सरकारले पनि गरेको थियो कारबाही-
हालैमा कर्णाटक सरकारले पनि पश्चिम बंगाल फार्मास्युटिकल्सद्वारा सप्लाई ही में कर्नाटक सरकार ने भी पश्चिम बंगाल फार्मास्युटिकल्सले सप्लाई गरिरहेका केही औषधिहरूमाथि रोक लगाएको थियो।् कर्णाटकमा पाँचजना गर्भवती महिलाहरूको मृत्यु भएपछि यस फार्मा कम्पनीका औषधिहरूमाथि प्रश्न उठेको थियो। त्यहाँको जाँचमा यस कम्पनीका केही औषधिहरूको गुणस्तरमाथि सन्देह व्यक्त गरिएको थियो जसपश्चात पश्चिम बंगाल सरकारले पनि सतर्कता अप्नाउँदै यो ठूलो फसेला लिएको छ।
स्वास्थ्य विभागको यस फसेलालाई सरकारद्वारा रोगीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि उठाइएको एक सतर्कता कदम मानिँदैछ। हाल राज्यका विभिन्न सरकारी अस्पतालहरूमा यी औषधिहरूको सट्टामा नयाँ औषधिहरू माग्ने प्रक्रिया शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा