कोरबा, 21 जनवरी (हि.स.)। कोरबा जिल्लाको शहर नजिक हसदेव नदीमा बग्दै गरेको प्लास्टिकको थैलामा मानव शिर र कुहिनोको भाग भेटिएको छ। यस घटनालाई लिएर हत्यापछि शरीरको टुक्रा-टुक्रा पारेर हसदेव नदीमा फालिएको आशंकाको आधारमा कोरबा पुलिसले जिल्लाका सबै थानाहरू लगायत भरतपुर-सोनहतमा पनि सूचना दिएको छ।
सीएसईबी चौकी अन्तर्गत पम्प हाउसको श्मशान घाट नजिक गए सोमवार साँझ केही बाल-बालिकाहरूले हसदेव नदीमा माछा मारिरहेका थिए। यस अवदि नदीको पानीमा प्लास्टिकको थैला बग्दै गरेको देखियो। ती बाल-बालिकाहरले थैलालाई किनारमा ल्याएर खोल्दा उनीहरूको होश उड्यो, किनभने थैलाभित्र गद्दाले कभर गरेको मानव शिर अनि कुहिनो सहित पञ्जाको भाग थियो। ती नानीहरूले बस्तीमा गएर मानिसहरूलाई जानकारी दिए। त्यसपछि सीएसईबी चौकीलाई सूचना दिइयो। चौकीबाट पुलिस टीम घटनास्थलमा पुग्यो।
टीमले निरीक्षण गरी प्रमाण जुटायो। पुलिसले मामिलाको रिपोर्ट दर्ता गरी पंचनामा कारबाही पश्चात मानव शरीरका ती अंगहरलाई पोस्टमर्टम गर्नको लागि मरच्युरीमा रखाएको छ। प्रथम दृष्टया अन्य कुनै ठाउँबाट हत्या गरेपछि प्रमाणलाई लुकाउनको लागि मृतकका अंगहरूलाई टुक्रा-टुक्रा पारी हसदेव नदीमा फालेको आंशका व्यक्त गरिँदैछ। यसै आधारमा पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा