16औं वित्त आयोगको प्रतिनिधि टोली पुग्यो लाचुङ
16औं वित्त आयोगको प्रतिनिधि टोली पुग्यो लाचुङ


गान्तोक, 21 जनवरी (हि.स.)। सिक्किम भ्रमणमा रहेको भारतको 16औं वित्त आयोग टोली आज उत्तर सिक्किमको लाचुङ पुगेको छ। अध्यक्ष डा. अरविन्द पनगरियाको अगुवाईमा आज आयोगका सदस्यहरूको टोली मंगन जिल्ला अन्तर्गत लाचुङस्थित सेनाको हेलीप्याडमा अवतरण गऱ्यो।

हेलीप्याडमा प्रतिनिधि टोलीलाई मंगन जिल्लाका जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक सोनाम देत्छु, जिल्ला वन अधिकारी जिग्मी छेवाङ, चुङथाङका एसडीएम अरुण छेत्री, लाचुङका पिपनहरू सोनाम छिरिङ लाचुङपा र दोर्जी छेवाङ लाचुङपाले स्वागत जनाए। यसैगरी, जिल्ला पुलिस अधिकारीहरूले आयोगको प्रतिनिधि टोलीलाई गार्ड अफ् अनर दिए।

आयोगका सदस्यहरूले क्षेत्रका विभिन्न ठाउॅंहरूको भ्रमण गर्नेछन् र आज लाचुङमा बस्नेछन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande