कोलकाता, 14 अक्टोबर (हि.स.)। तृणमूल कंग्रेस विधायक असिमा पात्राद्वारा ‘एसआईआर’-लाई लिएर दिइएको बयानमा भाजपा नेत्री अग्निमित्रा पलले चर्को प्रत्याक्रमण गरेकी छन्।
धनियाखालीमा तृणमूल विधायक असिमा पात्राले दिएको भाषणको भीडियोलाई साझा गर्दै अग्निमित्रा पलले मंगलवार एक्स (पूर्व ट्विटर)-मा लेखिन्, “माननीया विधायक असिमा पात्रा, बुझ्न सकिन्छ कि 'एसआईआर'-ले तपाईको निद्रा उड़ाइदिएको छ, किनभने अवैध भोटर नै तपाईको भोट ब्यांक हो। तर माननीया, 'एसआईआर' त हुन्छ नै र अवैध भोटरलाई पनि हटाइनेछ।”
अग्निमित्राले चेताउनी दिँदै भनिन्, “यदि तपाईले तपाईको पार्टीको माथिल्लोदेखि तल्लो स्तरसम्मका नेता वा गुण्डा तत्वहरूले हाम्रो भारतीय जनता पार्टीका कार्यकर्ताहरूलाई अलिकति पनि नोक्सान पुऱ्याउने प्रयास गऱ्यो भने बंगालमा भयंकर जन आन्दोलनको रूप देखिनेछ। के तपाईले यो सोच्नु भएको, भाजपा कार्यकर्ताहरूको रक्षा गर्ने कोही छैन?”
उनले भनिन्, बंगालका जनताले अब मन बनाइसकेका छन् कि तृणमूल कंग्गरेसलाई राज्यदेखि बाहिर निकाल्ने। अब समयको प्रतीक्षा मात्र छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा