संदिग्ध ब्राउन शुगरको साथमा एक व्यक्ति पक्राउ
संदिग्ध ब्राउन शुगरको साथमा एक व्यक्ति पक्राउ


गान्तोक, 14 अक्टोबर (हि.स.)। सदर थाना पुलिसले एक व्यक्तिलाई संदिग्ध ब्राउन शुगरको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने उक्त व्यक्तिको नाम यमकुमार थापा बताइएको छ।

पुलिस रिपोर्ट अनुसार, आरोपी व्यक्तिले सोमवार राईगाउॅं, सोचाकगाङमा प्रतिबन्धित नशालु पदार्थ बिक्री गरिरहेको विश्वसनीय सूत्रबाट सूचना प्राप्त भयो। यसपछि, पीआई ओङछ्यो भोटियाको अगुवाईमा पुलिस टीम राईगाउॅं प्रस्थान गऱ्यो। कानुन बमोजिम दुई जना स्वतन्त्र साक्षी र राजपत्रित अधिकारीको उपस्थितिमा गरिएको छानबिनको क्रममा आरोपी व्यक्तिबाट 12 वटा प्लास्टिक पाउचमा लगभग 12.29 ग्राम संदिग्ध ब्राउन शुगर जफत गरियो।

आरोपी व्यक्तिलाई पक्राउ गरिएको छ र उनीविरुद्ध एनडीपीएस, अधिनियम 1985 अन्तर्गत मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande