गान्तोक, 14 अक्टोबर (हि.स.)। केन्द्रिय उपभोक्ता मामिला तथा खाद्य एवं नागरिक आपूर्ति राज्यमन्त्री निमुबेन जयन्तीभाई बाम्भानियाले 15 अक्टोबरदेखि चारदिने सिक्किम भ्रमण गर्नेछन्।
15 अक्टोबरको दिन बाम्भानियाले रम्फूमा भारतीय खाद्य निगमको खाद्य गोदाम डिपोको निरीक्षण गर्नेछन्। पछि, सिक्किम सरकारोक खाद्य एवं नागरिक आपूर्ति तथा उपभोक्ता मामिला विभाग अनि एफसीआइका अधिकारीहरूसँग गान्तोकमा बैठकको अध्यक्षता गर्नेछन्।
16 अक्टोबरको दिन, केन्द्रिय राज्यमन्त्रीले एनएचआइडीसीएल सडक, एनएच-717-ए, सरकारी प्राथमिक स्कूल पाचे-सामसिङ आईसीडीएस केन्द्र, पाकिम प्राथमिक स्वास्थ्य केन्द्र, संस्कृतिक स्वयंसहायता समूह-पाचे तथा पाकिम खण्ड अन्तर्गत ताजा जीपीयुको तितिरीबोटे वार्डमा प्रधानमन्त्री आवास योजना (पीएमएवाई) अन्तर्गत निर्मित गङ्गामाया सुब्बाको आवासको स्थलगत दौडाहा गर्नेछन्। यसै क्रममा पाचेखानी हतकर्घा प्रशिक्षण केन्द्र, जेजेएम योजना, नाम्फे खोलादेखि तल्लो सामसिङ आरडब्लुएसएसको विस्तार एवं बलवर्धन कार्यको पनि भ्रमण गर्नेछन्।
यसैगरी विद्युत क्षेत्र अन्तर्गत पाकिमदेखि रोडाथाङसम्म आरडीएफएस योजना अन्तर्गत वितरण एवं नेटवर्किङ प्रणालीको पुनरूद्धार कार्यको पनि निरीक्षण भ्रमण गर्नेछन्। यसबाहेक, पाकिममा प्रधानमन्त्री कृषि सिञ्चाई योजना स्थल र नाम्चेबुङ खण्ड अन्तर्गत नाम्चेबुङ जीपीयुको राई गाउँस्थित सुकमान राईको खेतको पनि भ्रमण गर्नेछन्। बाम्भानियाले पाकिम जिल्ला प्रशासनका अधिकारीहरूसँग केन्द्र प्रायोजित योजनाहरूको कार्यान्वयन अनि प्रगतिको पनि समीक्षा गर्नेछन्।
17 अक्टोबरको दिन केन्द्रिय राज्यमन्त्रीले सिक्किमका मुख्यमन्त्री अनि राज्यपालसँग भेटवार्ता गर्नेछन्। सिक्किमबाट 18 अक्टोबरको दिन फर्किनअघि, केन्द्रिय राज्यमन्त्रीले स्थानीय कार्यक्रमहरूमा सहभागिता जनाउने पनि आशा गरिएको जानकारी आज पीआईबीले दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल