पश्चिम मेदिनीपुर, 14 अक्टोबर (हि.स.)। जिल्लाको नारायणगढ़ ब्लक अन्तर्गत दुलियाचक क्षेत्रस्थित एक तलाउमा मंगलवार बिहान व्यक्तिको शव सड़िसकेको अवस्थामा भेटियो। यस घटनापछि क्षेत्रमा खैलाबैला मचियो। मृतकको पहिचान तपन कुमार सिंह (35)-को रूपमा भएको छ जो नारायणगढ़ थाना क्षेत्रको डहरपुर दुलियाचक गाउँका निवासी थिए।
पुलिस सूत्र अनुसार मृतक गत आइतवार घरबाट काममा गएका थिए। त्यसपछि बेपत्ता भएका थिए। परिवारले सबैतिर खोज तलास गऱ्यो, तर कतै पत्तो लागेन। गए सोमवार अबेर साँझ घरदेखि केही टाड़ामा अवस्थित तलाउमा स्थानीय मानिसहरूले शवलाई तैरिरहेको देखेपछि पुलिसलाई सूचना दिए।
सूचना पाउनसाथ नारायणगढ़ थाना पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई बाहिर निकाल्यो। शवको कुहिसकेको थियो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदिएको छ।
परिवारका एकजना सदस्यले बताए, तपन सदैव कामको सिलसिलामा घर बाहिर जान्थे अनि कहिले-कहिले भोलिपल्ट मात्र फर्किन्थे। यसपालि दुई दिनसम् कुनै खबर नपाएपछि चिन्ता बढ़्यो।
मृत्युको कारण पत्तो लगाउनको लागि पुलिसले जाँच शुरू गरेको छ। प्राथमिक अनुमानमा मामिला संदिग्ध प्रतीत भइरहेको छ। पोस्टमर्टम रिपोर्टको आधारमा अग्रिम कारवाही गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा