-जुवा खेलाएको आरोपमा पाँच पक्राउ
इम्फाल, 19 अक्टोबर (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाबाट प्रतिबन्धित कांगलीपाक कम्युनिस्ट पार्टी (पीपुल्स वार ग्रुप) [केसीपी (पीडब्ल्यूजी)]- की सक्रिय महिला क्याडरलाई पक्राउ गरेका छन्।
मणिपुर पुलिस मुख्यालयद्वारा आज जारी बयानमा बताइएको छ, पक्रा पर्ने महिलाको पहिचान उरीपोक लाईखुरेम्बी लेइकाई निवासी मिकम बसन्तरानी देवी (42) उपनाम अबेनाओको रूपमा गरिएको छ। वर्तमानमा तिनी सिंगजामेई पुलिस स्टेशन अन्तर्गत पिशुम ओइनम लेइकाई क्षेत्रमा बस्दै आइरहेकी छन्।
आधिकारिक सूत्र अनुसार महिला क्याडर कथित रूपमा बलजफ्ती असुलीका गतिविधिहरूमा सामेल थिइन् साथै धम्की दिएर लोन रिकभरी र जमीन विवादको मामिलामा बिचौलीको काम गरिरहेकी थिइन्। अभियान अवधि सुरक्षा बलहरूले उबाट एउटा मोबाइल फोन र आधार कार्ड जफत गरेको छ।
मणिपुर पुलिसले विभिन्न अपराधहरूमा लिप्त अन्य अपराधीहरूलाई पनि बितेको 36 घण्टाको अवधिमा पक्राउ गरेको छ। यसै क्रममा मणिपुर पुलिसले इम्फाल ईस्ट जिल्लाको पोरोमपट थानान्तर्गत न्यू चेकनबाट तीनजना मानिसहरूलाई “लगाओ खाओबा” जुवा खेलेको आरोपमा पक्राउ गऱ्यो जसको पहिचान मेघचन्द्र सिंह (39), अंगम मलंगमेई (35) औ खोइरोम निंगथेम सिंह (34)- को रूपमा गरिएको छ।
यसरी नै मणिपुर पुलिसले दुईजना मानिसहरूलाई पक्राउ गऱ्यो जसले मोटर भ्हीकल ट्रान्सपोर्ट डिपार्टमेन्ट अधिकारी भएर इम्फाल ईस्ट जिल्लाको पोरोमपट थाना न्तर्गत खुराई अहोंगेई इराबोट लेइराकबाट लगाओ खेलाड़ीहरूलाई पैसा मागिरहेको थियो। जाँचानुसार मोहम्मद अनिश इकबाल मोटर भ्हीकल्स ट्रान्सपोर्ट डिपार्टमेन्टमा एएसआई भर्तीको वेटिंग लिस्टमा छ। अग्रिम जाँचको लागि दुवैलाई पुलिस कस्टडीमा पठाइएको छ।
यस्तै अर्को अभियानमा मणिपुर पुलिसले इम्फाल ईस्ट जिल्लाको हेइंगंग थाना अन्तर्गत तथा पोरोमपट थानाको अधिकार क्षेत्रमा जुवा रोक्नको लागि संचालित अभिानमा जुवासित सम्बन्धित सामग्रीहरू जफत गरियो जसमा मुख्य रूपमा 12 लाइयम, 10 यूनिट लगाओ मारू औ 13 थुमोक सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा