सीमामा जवानहरूले मनाए दीपोत्सव, प्रकाशले झलमल्ल भयो भारत-पाक सीमा
सीमामा जवानहरूले मनाए दीपोत्सव, प्रकाशले झलमल्ल भयो भारत-पाक सीमा


जैसलमेर, 19 अक्टोबर (हि.स.)। देशको अन्तर्राष्ट्रिय सीमामा कठिन भौगोलिक परिस्थितिहरूमा पनि अदम्य साहस बोकेर तैनाथ सीमा सुरक्षा बलका जवानहरूले दीपोत्सव मनाए। राजस्थान फ्रण्टियर अन्तर्गत जैसलमेर सेक्टरको अग्रिम चौकीमा तैनाथ जवानहरूले घरदेखि टाड़ा ‘घर जस्तै माहोल’- मा दीपावलीको शुरुआत गरे।

‘अपरेशन सिन्दूर’-पछि आयोजित यस छः दिवसीय दीपोत्सवको शुरूआत अन्धकारमा प्रकाशको विजयको प्रतीकको रूपमा गरिएको हो। जवानहरूले चौकीमा दियो र मैनबत्ती बालेर मिठाई बाँड़े अनि देशवासीहरूलाई दीपावलीको शुभकामना दिए।

सीमा पारी जहाँ सुनसान र अँध्यारो छाएको थियो, त्यहाँ भारतीय सीमा फ्लड लाइट्स, दियो र मैनबत्तीहरूको प्रकाश झलमल्ल भयो। आफ्नो परिावार अनि घरदेखि सयकड़ौं किलोमीटर टाड़ा तैनाथ पुरूष अनि महिला जवानहरूले चौकीमा दीप, रंगोली तथा प्रकाशले सजाए भने झिरझिरे बालेर पर्वको खशी साझा गरे।

पाकिस्तान सीमा संलग्न तारबन्दी तथा चौकीहरूलाई जवानहरूले आकर्षण प्रकाशले सजाए जसले एक मनमोहक दृश्य प्रस्तुत गरिरहेको थियो। जवान तथा अधिकारीहरूले एका-अर्कालाई मिठाई खुवाएर दीपावलीको शुभकामना दिए।

बीएसएफ परिवारको उदेश्य हो, कुनै पनि जवानले सीमामा आफूलाई एक्लो महसूस नगरून्। त्यसैले प्रत्येक वर्ष झैं यस वर्ष पनि दीपावलीको पर्व बोर्डरससम्म पुगेर पूर्ण हर्षोल्लासको साथमा मनाइयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande