ठगीको मामिलामा तीन आरोपी लखनऊबाट पक्राउ
ठगीको मामिलामा तीन आरोपी लखनऊबाट पक्राउ


नयाँ दिल्ली, 19 अक्टोबर (हि.स.)। मध्य जिल्लाको साइबर थाना पुलिसले अन्तर्राज्यीय साइबर ठगी गिरोहको भण्डाफोड़ गर्दै लखनऊबाट तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। तीनमध्ये एकजना आरोपीले आफूलाई सोशल मीडिया ‘इन्फ्लुएन्सर’ बताउँछ जसको इन्स्टाग्राममा लगभग एक लाख फलोअर्स छन्। यी आरोपीहरूले आफ्नो ब्यांक खातालाई साइबर अपराधीहरूलाई बेचेर सोशल मीडिया करियरको लागि पैसा जुटाइरहेका थिए।

मध्य जिल्लाका पुलिस उपायुक्त निधिन वलसनले आइतवार बताए, साइबर पुलिसले यो कारबाही दुई अलग-अलग मामिलामा गरेको हो। गिरोहले अनलाइन “वर्क फ्रम होम” अफर, जाली मार्केटप्लेस औ म्यूल ब्यांक खाताको माध्यमबाट देशभरिका मानिसहरूलाई ठग्दै आएका थिए।

पुलिस उपायुक्त अनुसार पहिलो मामिलामा पीड़िता स्मिता वर्मालाई होटल रेटिंगको प्रलोभन देखाएर 31,800 रुपियाँ ठगी गरियो। यस मामिलामा आरोपीहरू क्रमैले आलोक कुमार (32) र आदित्य शुक्ला (22)-लाई पक्राउ गरियो भने दुवै लखनऊका हुन्। आलोकले दुई वटा र आदित्यले छः वटा ब्यांक खाता खोलेर ठगहरूलाई कमिशनमा बेचेका थिए।

यसरी नै अर्को मामिलामा फेसबुक मार्केटप्लेसमा सेना अधिकारी भएर एकजना व्यक्तिबाट 1.81 लाख रुपियाँ ठगिएको थियो। यसमा आरोपी हुकुम सिंह रावत उपनाम अनुज (19)-लाई लखनऊबाटै पक्राउ गरिएको छ जो बीए द्वितीय वर्षका छात्र अनि महत्कांक्षी ‘इन्फ्लुएन्सर’ हो। उसले स्वीकार गऱ्यो, उसले आ्नो खातालाई 4-5 प्रतिशत किशिनमा साइबर गिरोहलाई बेचेको छ।

पुलिस उपायुक्त अनुसार पुलिसले तकनिकी निगरानी तथा डिजीटल ट्र्याकिंगको माध्यमबाट आरोपीहरूलाई समातेको हो। पुलिसले धेरैवटा ब्यांक खाता एवंं डिजीटल प्रमाण फेला पारेको छ। खाताहरूलाई फ्रिज गर्न तथा गिरोहका अन्य सदस्यहरूको बारेमा पत्तो लगाउने प्रयास गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande