वाराणसी, 20 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको वाराणसीमा ज्योतिपर्व दिवालीमा सोमवार दिउँसो उपन्यास सम्राट मुन्शी प्रेमचन्दको जन्मस्थली लमही स्थित सुभाष भवनमा सुखद र गौरवान्वित गर्ने सुखद दृख्य देखियो। यहाँ मुस्लिम महिलाहरूले घृणाको आगोमा सल्केको आपसी सम्बन्धलाई बचाउन र विश्वलाई शान्तिको सन्देश दिन भगवान रामको चित्रको आरती उतारे औं देशमा रामराज्यको सन्देश दिए।
दिवाली पर्वमा मुस्लिम महिला फाउण्डेशन एवं विशाल भारत संस्थानको संयुक्त तत्वावधानमा 19 वर्षदेखि चल्दै आइऱहेको परम्परालाई निभाउन मुस्लिम महिलाहरू भारी संख्यामा सुभाष भवनमा जुटे। जगद्गुरू बालक देवाचार्यको मार्गदर्शनमा मुस्लिम महिलाहरूले सजावटी थालीमा दियो बालेर भगवान श्री राम, माता जनकीको प्रतिमाको आरती गरे। सबैले नाजनीन अंसारीद्वारा उर्दूमा लिखित श्रीराम आरती मिलेर गाए। महिलाहरूले भगवान रामको आरती गरी अलगाववादी, घृणा फैलाउने गिरोह, कट्टरपन्थी समूहरूलाई ऐना देखाए। जगद्गुरू स्वयं मुस्लिम महिलाहरूको साथ आरतीमा खड़ा रहे। आरतीपछि फाउन्डेशनको नेशनल सदर नाजनीन अंसारीले सबैलाई भगवान श्रीराम भोगको वितरण गरिन्।
यस अवसरमा जगद्गुरू बालक देवाचार्य महाराजले भने, यस तस्वीरलाई देखेर संसारका मानिसहरूले सिक्नुपर्छ। घर परिवारदेखि लिएर देशमा शान्ति स्थापित गर्नुछ भने रामको नामकै सहारा लिऔं। रामको संस्कृति सबैलाई साथमा लिएर हिँड्नु हो। भेदभाव बिना सबैलाई गला लगाउनु हो। मुस्लिम महिलाहरूले आफ्ना पूर्वजहरूको संस्कृतिलाई माने, आफ्नो मूल जरासित जोड़िए। यिनीहरूको यो प्रयास रामराज्यको दिशामा ठूलो कदम हो।
फाउन्डेशनको नेशनल सदर नाजनीन अंसारीले भनिन्, हामीले मजहब बदलेका छौं, धर्म होइन। धर्म त केवल सनातन हो। हामी सबै सनातनी हिन्दू हौं। आफ्ना पूर्वजहरू र परम्पराहरूले सबै भारतीय एक हौं। केवल पूजा गर्ने तरीका बद्लियो, यसैले गर्दा आफ्ना पूर्वजहरू र परम्पराहरूलाई छोड्नु, यो कसरी हुनसक्छ। राम आउनु भनेको सुख, समृद्धि, शान्ति, दया, प्रेम, करूणा, सम्बन्ध, संस्कार, एकता, त्याग र सम्मान हो। केवल राम नामले नै यो सम्भव छ, हरेक देशले राम नामको पूञ्जी आफ्नो परिवार र देशलाई बचाउन एकत्र गर्नुपर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी