छठ पूजामा मुख्मन्त्री ममता ब्यानर्जीको अपील- अफवाहहरूमाथि ध्यान नदिइयोस्, शान्ति तथा सतर्कता पूर्वक पूजा गरियोस्
छठ पूजामा मुख्मन्त्री ममता ब्यानर्जीको अपील- अफवाहहरूमाथि ध्यान नदिइयोस्, शान्ति तथा सतर्कता पूर्वक पूजा गरियोस्


कोलकाता, 27 अक्टोबर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार छठ पूजाको अवसरमा श्रद्धालुहरूसित अफवाहलाई ध्यान नदिने अनि शान्तिपूर्वक पूजा सम्पन्न गर्ने अपील गरिन्। उनले भनिन्, प्रशासन पूर्ण सतर्क छ, तर श्रद्धालुहरू पनि सजग बस्नुपर्छ ताकि कुनै पनि प्रकारको दुर्घटनाको स्थिति उत्पन्न नहोस्।

मुख्यमन्त्रीले आज तख्ता घाट अनि दही घाटको दौड़ाह गरी पूजा तयारीहरूको जायजा लिइन्। दही घाटमा पुगेर उनले हिन्दीभाषी समाजलाई छठ पर्वको शुभकामना दिँदै भनिन्, यस पवित्र पर्वमा सबैजनाले संयम अनि अनुशासनलाई काम राखुन्। उनले भनिन्, “म सदैव चिन्तित रहन्छु कि कतै भाग-दौड़को स्थिति त उत्पन्न हुँदैन। गंगा स्नान वा अर्घ्य दिन गइरहेका श्रद्धालुहरू बिस्तारै जानुहोस् अनि बिस्तारै फर्किनुहोस्।”

ममता ब्यानर्जीले श्रद्धालुहरूसित आग्रह गरिन्, ठूलो संख्यामा एकसाथ नदीमा नजानुहोस्। सुरक्षामा तैनाथ कर्मी अनि अधिकारीहरूले यस कुरालाई विशेष ध्यान दिनुपर्छ कि एउटा समूह फर्केपछि मात्र अर्को समूह नदीमा जाओस्।

मुख्यमन्त्रीले भनिन्, छठ पूजा अवधि लाखौं मानिसहरू गंगा तटमा भेला हुन्छन्, त्यसैले प्रशासनले सुरक्षा अनि भीडलाई नियन्त्रण गर्नको लागि विशेष व्यवस्था गरेको छ। उनले जनतासित अपील गरिन्, “कुम्भबाट पार्पत पाठलाई याद राख्नुहोस्” प्रशासनको निर्देशलाई पालन गर्नुहोस् अनि श्रद्धापूर्वक सुरक्षित रूपमा पूजा सम्पन्न गर्नुहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande