
गुवाहाटी, 27 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले छठ पूजाको मुख्य दिन सन्ध्या अर्घ्यको अवसरमा राज्यवासीहरूलाई अनि श्रद्धालुहरूलाई हार्दिक शुभकामना दिएका छन्। उनले भने, यो पर्व भक्ति, श्रद्धा औ प्रकृतिसित मानवीय सम्बन्धको सुन्दर प्रतीक हो।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, छठ पूजा सूर्य देव र छठी मइयाको आराधनाको पर्व हो जसले जीवनमा प्रकाश, ऊर्जा र सकारात्मकता ल्याउने सन्देश दिन्छ। उनले भने, “सन्ध्या अर्घ्य त्यो पवित्र क्षण हो जतिबेला श्रद्धालुहरूले परिवार सहित घाटहरूमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दछन्। यो एउटा धार्मिक आस्थाको प्रतीक मात्र नभएर प्रकृतिप्रति कृतज्ञताको उत्सव पनि हो।”
डा. सरमाले प्रदेशवासीहरूसित अपील गरे, उनीहरूले यस पर्वलाई पूर्ण श्रद्धा अनि उत्साहको साथमा मनाउन् साथै स्वच्छता र सामाजिक सौहारदलाई कायम राखुन्। उनले यो पनि भनने, असमका विविध संस्कृतिमा छठ पूजाको महत्व विशेष छ जसले मानिसहरूमाथि एकता अनि सामूहिकताको भावनालाई सशक्त बनाउँछ। मुख्यमन्त्रीले सबै श्रद्धाहरूको सुख, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै भने, “सूर्य देव र छठी मइयाले सबैको जीवनलाई उज्जवल, शान्ति एवं समृद्ध बनाइदिउन्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा