
कोलकाता, 27 अक्टोबर (हि.स.)। बंगालको खाड़ीमा सोमवार विकसित चक्रवात ‘मान्था’-ले द्रूत गतिमा शक्ति हासिल गरिरहेको छ। मौसम विभागानुसार मंगलवार साँझसम्ममा यसले‘तीव्र चक्रवात’-कोरूप धारण गर्ने सम्भावना छ।
मौसम वैज्ञानिकहरू अनुसार दक्षिण अण्डमान सागरमा विकसित निम्न दबाव क्षेत्र गए आइतवार बिहान साढ़े आठ बजी ‘अति गहिरोनिम्न दबाव’-मा परिवर्तित भएको थियो भने तबदेखि नै यो प्रणाली लगभग 6 किलोमीटर प्रतिघण्टाको गतिले उत्तर-पश्चिम दिशातर्फ अग्रसर भइरहेको छ। सोमवार अपरान्हसम्ममा योचक्रवात ‘मान्था’-मा परिणत हुने पुष्टि भइसकेको छ जसपश्चात यसको तीव्रता अझ बढ़्ने सम्भावना व्यक्त गरिएको छ।
तथापि ‘मान्था’-को केन्द्र बंगालदेखि लगभग 800 किलोमीटर टाड़ा रहे पनि राज्य यसको प्रभावदेखि अछुतो रहन सक्दैन। कोलकातास्थित अलिपुर मौसम कार्यालयले सोमवार बिहान चेताउनी दिएको छ, मंगलवारदेखि बीहीवारसम्म कोलकाता सहित दक्षिण बंगालका केही जिल्लाहरूमा हल्कादेखि मध्यम र कतिपय स्थानहरूमा घना वर्षा हुनसक्छ। आइतवारदेखि नै दक्षिण बंगालका कतिपय क्षेत्रहरूलाई बादलले घेर्न शुरू गरिसकेको छ। कुनै-कुनै ठाउँमा हल्का वर्षा पनि भएको छ।
मौसम विभागले बतायो, सोमवार उत्तर अनि दक्षिण 24 परना, पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम, कोलकाता, हावड़ा औ हुगलीमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। यस अवधि हावाको गति 30-50 किलोमीटर प्रतिघण्टासम्म रहनसक्छ। मंगलवार दक्षिम 24 परगना अनि पूर्व मेदिनीपुरमा घना वर्षा हुने सम्भावना छ भने उत्तर 24 परगना, कोलकाता, हावड़ा, हुगली, पश्चिम मेदिनीपुर एवं झाड़ग्राममा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। यसरी नै आगामी हावड़ा, उत्तरर दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर तथा झाड़ग्राममा भारी वर्षा हुने आशंका व्यक्त गरिएको छ भने बिहीवार बीरभूम, पश्चिम बर्दवानर मुर्शिदाबादमा पनि भारी वर्षा हुने सम्भावना छ।
उत्तर बंगालमा पनि बुधवारदेखि वर्षाको सिलसिला शुरू हुनसक्छ। मालदा, उत्तर तथा दक्षिण दिनाजपुर एवं जलपाईगुड़ी जिल्लामा हल्कादेखि मध्यम वर्षा हुनसक्छ जुन बिहीवार र शुक्रवारसम्ममा उत्तर बंगालका लगभग सबै जिल्लाहरूमा जारी रहनसक्छ।
मौसम विभागले समुद्रमा अग्लो-अग्लो छाल, तीव्र हावा आउनसक्ने खतरालाई मध्यनजर गर्दै मछुआराहरूलाई आगामी तीन दिनसम्म समुद्रमा नजाने सल्लाह दिएको छ साथै तटय क्षेत्रहरूको प्रशासनलाी सतर्क रहने अनि राहत-बचाउ दलहरूलाई तयार राख्ने निर्देश जारी गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा