दुधेस्थित बालासनमा अस्थायी पुल सोमवारदेखि खोलियो
Dhudey bridge opened


- सिलगढी मिरिकमाझ दुधे भएर चल्ने गाडीहरूको सञ्चालन शुरु

खरसाङ, 27 अक्टोबर (हि.स.)। सिलगढी मिरिकमाझ दुधे भएर चल्ने गाडीहरूको निम्ति यहाँको बालासन खोलामाथिको निर्मित अस्थायी पुल आजदेखि खुल्ला गरिएको छ। आज बिहान 11 बजीदेखि आधिकारिक रूपमा उक्त मार्ग यातायातको लागि खुल्ला गरियो।

गत 4 अक्टोबरमा आएको भारी वर्षाका कारण यहाँको फलामको पुललाई भत्काएपछि दुधे भएर सिलगढी-मिरिकमाझ यातायात पूर्ण रूपले ठप्प भएको थियो। यसलाई ध्यानमा राखेर जीटीए प्रमुख कार्यपाल अनित थापाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई यहाँको समस्या सामाधानको निम्ति कुनै विकल्प सोचिदिन आग्रह गरेका थिए। यसपछि, यहाँ एउटा अस्थायी पुल निर्माण गर्ने औ उक्त पुलको निर्माण कार्य पन्ध्र दिनभित्रमा पूरा गरिने आश्वासन दिइएको छ। फलस्वरूप उक्त अस्थायी पुल निर्माण कार्य पूरा भएपछि आजदेखि सर्वसाधारणको निम्ति खुल्ला गरिएको छ।

सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन अनि उप प्रधान सन्तोष तामाङले राज्यकी मुख्यमन्त्री अनि जीटीए प्रमुख कार्यपाल लगायत यस कार्यमा रातदिन एक गरेर काम गर्ने ठेकसदार, अभियन्ताहरू तथा कर्मचारीहरू सबैलाई धन्यवाद दिएका छन्। उनले यस पुल निर्माणले अब सर्वसाधारणलाई धेरै राहत मिलेको जनाउँदै दार्जिलिङ पहाडमा आउने पर्यटकहरूलाई पनि अब पहाड आउन सुविधा हुने जनाएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande