
शोणितपुर (असम), 27 अक्टूबर (हि.स.)। शोणितपुर जिल्लान्तर्गत रंगापाड़ामा हात्ती अनि मनुष्यबीचको संघर्षमा लगातार वृद्धि भइरहेको छ। जंगली हात्तीहरूले घरको ढोका भत्काएर नोक्सान पुऱ्याइरहेका छन्। यसै क्रममा बितेको अबेर राति हात्तीको हमलामा एक जना व्यक्तिको मृत्यु भयो भने अर्को एक जना गम्भीर रूपमा घाइते भए।
स्थानीय पुलिसले सोमवार बतायो, यो घटना रंगापाड़ाको दुई नम्बर कलाबिलमा भएको हो। हात्तीको हमलामा सुजित पूर्तिको मृत्यु भयो भने बुधराम पुर्ति गम्भी रूपमा घाइते भए। यी दुई आफ्नै दाज्यु-भाइ रहेको बताइएको छ।
पुलिसले बताएको छ, गए राती दुई दाज्यु-भाइ ताराजुली चिया बगानबाट मोटर साइकलमा घर फर्किरहेका थिए। यसै अवधि अचानक जंगली हात्तीले हमला गऱ्यो। घटनामा दाज्यु सुजित पुर्तिको घटनास्थलमै मृत्यु भयो। भाइ बुधराम पुर्ति भाग्यले बचे। उनले भागेर आफ्नो ज्यान बचाए। तर गम्भीर रूपमा घाइते भएका छन्।
सूचना पाएर वन विभागको टीम गए अबेर राती नै घटनास्थलमा पुग्यो अनि हात्तीलाई लखेट्न सक्षम भयो। उल्लेखनीय छ, प्रतिवर्ष जंगली हात्तीको हमलामा मानिसहरूको मृत्यु भए पनि वन विभागले कुनै कदम नउठाएको मानिसहरूले सिकायत गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा