भिड़न्तमा पच्चीस हजार इनामी बदमाश गोली लाग्दा घाइते
भिड़न्तमा पच्चीस हजार इनामी बदमाश गोली लाग्दा घाइते


प्रयागराज, 27 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्ला स्थित धूमनगंज थाना क्षेत्रमा आइतवार अबेर राति पुलिसको मोटरसाइकल सवार दुई बदमाशहरूसित भिड़न्त भय़ो। भिड़न्तमा गोली लागेर एक बदमाश घाइते भयो जबकि उसको साथी अन्धकारको फायदा उठाएर भाग्नमा सफल रह्यो। यसबीच एक सिपाही पनि घाइते भयो। यो जानकारी सोमवार पुलिस उपायुक्त नगर मनीष कुमार शान्डिल्यले दिए।

उनले बताए, घाइते बदमाश प्रयागराजको पूरामुफ्ती थाना क्षेत्रको मरियाडीह बमरौली निवासी अली पुत्र न्यूरैन हो। यस विरूद्ध धूमनगंज थाना क्षेत्रमा हत्याको मुद्दा दर्ता गरिएको छ। उमाथि पच्चीस हजारको पुरस्कार घोषित छ।

डीसीपी प्रयागराज नगरले बताए, राति लगभग दुई बजी पुलिसलाई खबरीबाट मोटरसाइकल सवार दुई बदमाश एक खेत निकट खड़ा रहेको सूचना पाइयो। यस सूचनापछि धूमनगंज थाना र कर्नलगंज थाना पुलिस टीम र नगरको एसओजी टीमले बदमाशहरूलाई पछ्यायो। यस अवधि मोटरसाइकल सवार बदमाशहरूले पुलिस टीममाथि गोली चलाउन थाले। पुलिसले पनि जवाबी गोलीबारी गऱ्यो। पुलिसको गोलीबारीमा अली घाइते भयो। जबकि दोस्रो साथी अन्धकारको फायदा उठाएर भाग्नमा सफल रह्यो। यस अवधि एक सिपाहीलाई पनि हातमा चोट लागेको छ। घाइते बदमाशलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ। फरार बदमाशको खोजी जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande