
वाराणसी, 27 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको वाराणसी जिल्लाको बड़ागाउँ पुलिसले आइतवार अबेर साझँ भएको भिड़न्तमा 25 हजार रूपियाँ इनामी एक सुपारी किलरलाई पक्राउ गऱ्यो। पक्रा परेको बदमाशको पहिचान पुआरीकला, बड़ापुरा थाना बड़ागाउँ निवासी तेज बहादुर पटेल उर्फ तेजाको रूपमा गरिएको छ। भिड़न्तमा पुलिसको जवाबी कारबाहीमा उसको खुट्टामा गोली लाग्यो, जसपछि उलाई उपचारको निम्ति अस्पताल पठाइयो। घटनाको जानकारी पाउनसाथ डीसीपी गोमती जोन आकाश फटेल सहित पुलिसका अन्य अधिकारी घटनास्थलमा पुगे औं बड़ागाउँ पुलिस टीमबाट पूरा जानकारी लिए।
डीसीपी आकाश पटेलले बताए, 26 जनवरी 2025 मा थाना बड़ागाउँ क्षेत्रको पुआरीकला गाउँमा एक बुजुर्ग व्यक्तिको टाउको कुल्चेर हत्या गरिएको थियो। मृतकको छोराको शिकायतमा हत्याको मुद्दा दर्ता गरी जाँच शुरू गरिएको थियो। विवेचनामा तेज बहादुर पटेल उर्फ तेजाको नाम अघि आयो। यसको सुइको लाग्नसाथ उ मुम्बई भागेको थियो। आरोपीलाई समाउन गठित पुलिस टीमले सर्विलान्स र इलेक्ट्रोनिक साक्ष्यहरूको मद्दतले लगातार प्रयास जारी राख्यो। यहीबीच आइतवार अबेर साझँ सूचना पाइयो कि तेजा बीरापट्टी रेलवे स्टेशन नजिक खड़ा छ। सूचना पाएपछि पुलिस टीमले घेराबन्दी गऱ्यो र आत्मसमर्पणको निम्ति भन्यो तर तेजाले पुलिसमाथि नै गोलीबारी शुरू गऱ्यो। जवाबी कारबाहीमा उसको खुट्टामा गोली लाग्यो, जसबाट उ घाइते भयो। पुलिसले घटनास्थलबाट उलाई पक्राउ गर्दै उदेखि पेस्तोल र कारतूस जफत गऱ्यो।
सोधपुछमा तेजाले स्वीकार गऱ्यो र उ सुपारी लिएर हत्याका घटनाहरूलाई परिणाम दिँदछ र उसको आफ्नो संगठित गिरोह छ। पुलिस अब उसका अन्य साथीहरूलाई खोज्नमा जुटेको छ। आरोपी विरूद्ध उत्तर प्रदेश र बिहारका धेरै थानाहरूमा हत्या, लूट, चोरी र मारपीटको मुद्दा दर्ता छ।
हिन्दुस्थान समाचार / भवानी थामी