
खरसाङ, 29 अक्टोबर (हि.स.)। बिरामीहरुको सुविधाका लागि तीनधारेका समाज सेवक सतीश राईलाई जोगमाया चियाबारी निवासी सिद्धान्त थापाले आफ्नो स्वर्गीय बाजे कालुसिंह थापाको नाममा दुईवटा ह्विल चियर प्रदान गरेका छन्। तीनधारेको 17 माइल निवासी समाज सेवक सतीश राईले विगत गत धेरै वर्षदेखि सिलगढीस्थित नर्थ बेङ्गाल मेडिकल कलेजमा असहाय पीडित बिरामीहरुको निःशुल्क उपचार गराउँदै आइरहेका छन्। उनको यस्तो परिश्रम, सेवा भावना देखेर सिद्धान्त थापाले आफ्नो स्वर्गीय बाजे कालुसिंह थापाको नाममा बिरामीहरूलाई सुविधा होस भनी उक्त ह्विल चियर प्रदान गरेको बताइएको छ। यो ह्विल चियरले अब बिरामीहरुको धेरै सेवा गर्ने सतीश राईले बताउँदै सिद्धान्त थापा र उनको परिवारलाई धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक