
गान्तोक, 29 अक्टोबर (हि.स.)। पाकिम पुलिस थाना क्षेत्र अन्तर्गत एक 15 वर्षीय नाबालिगमाथि यौन दुर्व्यवहार भएको घटना प्रकाशमा आएको छ। आरोपी व्यक्ति पीडित नाबालिगको आफन्त रहेको बताइएको छ। यस घटनाको सम्बन्धमा पुलिसले मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।
पुलिस रिपोर्ट अनुसार, नाबालिग पीडितले 25 अक्टोबर, 2025 देखि 27 अक्टोबर, 2025 बीच आरोपीले धेरै अवसरहरूमा उनीमाथि यौन दुर्व्यवहार गरेको पुलिसलाई मौखिक जानकारी दिइन्। 62 वर्षीय आरोपी व्यक्ति अहिले बेपत्ता रहेको र पुलिसले उसलाई पक्राउ गर्न खोजी गरिरहेको बताइएको छ।
पुलिसले आरोपी व्यक्ति विरुद्ध पोक्सो अधिनियम, 2012 अन्तर्गत मामिला दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल