
गान्तोक, 29 अक्टोबर (हि.स.)। केन्द्रिय सञ्चार ब्यूरो (सीबीसी) र पत्र सूचना कार्यालय (पीआईबी), गान्तोकले आज ईपीएफओ गान्तोक कार्यालय परिसरमा एक स्वच्छता अभियानका साथै स्वच्छता ही सेवा 2025 अभियान अन्तर्गत आफ्नो विशेष अभियान 5.0 सफलतापूर्वक पूरा गऱ्यो। यो एक महिनासम्म चलेको स्वच्छता अभियानको समापन हो, जसमा गान्तोकका विभिन्न प्रमुख स्थानहरूमा स्वच्छतासित जोड़िएका पहलहरूमा सामेल थियो।
यस अभियानमा सीबीसी र पीआईबी गान्तोकका कर्मचारी, गान्तोकका क्षेत्रीय पीएफ आयुक्त केसाङ एन तेञ्जिङको नेतृत्वमा ईपीएफओ गान्तोकका अधिकारीहरू र आकाशवाणी गान्तोकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
पीआईबी गान्तोकका सहायक निर्देशक मानस प्रतिम शर्माले यस स्वच्छता अभियानमा सहभागी भएकोमा क्षेत्रीय पीएफ आयुक्तको नेतृत्वमा रहेको गान्तोक ईपीएफओ कार्यालयका कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरे। उनले विशेष अभियान 5.0 अन्तर्गत कार्यालयद्वारा सञ्चालित विभिन्न स्वच्छता गतिविधिहरूको बारेमा पनि जानकारी दिए। उनले यस अवसरमा आ-आफ्नो कार्यालयमा अभियानको क्रममा सक्रिय रूपमा समर्थन गर्ने र भाग लिने कार्यालयका सबै वरिष्ठ अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गरे।
तेञ्जिङले सहभागीहरूलाई आफ्नो स्वच्छता सन्देशमा स्वच्छता अभियानको बारेमा संक्षिप्त जानकारी दिए, जो भारत सरकारले 2014 मा आफ्ना नागरिकहरूको सामूहिक प्रयासबाट एक स्वच्छ तथा स्वस्थ भारत बनाउनका लागि शुरु गरेको थियो। उनले उल्लेख गरे अनुसार ईपीएफओ गान्तोक स्वच्छता अभियान गतिविधिलाई ईपीएफओ कोलकाता क्षेत्रीय कार्यालय अन्तर्गत 11 ईपीएफओ कार्यालयहरू मध्ये स्वच्छता श्रेणीमा भविष्य निधि पुरस्कारको लागि मनोनीत भएको थियो, जसले ईपीएफओ गान्तोक कार्यालयका कर्मचारीहरूले आफ्नो कार्यालय र वरपर सफा राख्न देखाएको समर्पण र प्रतिबद्धतालाई प्रदर्शित गर्दछ।
एक महिनासम्म चल्ने स्वच्छता ही सेवा 2025 अभियानको एक भागको रूपमा, पीआईबी र सीबीसी गान्तोकले 10 अक्टोबर, 2025 मा आकाशवाणी, गान्तोक कार्यालय परिसर र यसको वरपर ‘एक कदम स्वच्छता की ओर’ विषयवस्तु अन्तर्गत आफ्नो स्वच्छता अभियान शुरु गरे। यस अभियानमा वरिपरिका मानिसहरू, पीआईबी र आकाशवाणी गान्तोक दुवैका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस अभियानमा स्वच्छ भारत मिशनमा आधारित एक क्विज प्रतियोगिता पनि सम्पन्न गरिएको थियो।
11 अक्टोबरमा पीआईबी र सीबीसी गान्तोकले गान्तोकको आकाशवाणी क्वार्टर कम्प्लेक्समा आफ्नो अघिल्लो स्वच्छता अभियान सञ्चालन गर्यो, जहाँ यसका कर्मचारी र क्वार्टर कम्प्लेक्सका बासिन्दाहरूले स्वच्छताको सन्देश फैलाउनका लागि सफाई अभियानमा सक्रिय रूपमा भाग लिए। अभियानको एक हिस्साको रूपमा, बालबालिकाहरूका लागि स्वच्छ भारत मिशन र स्वच्छता ही सेवामा केन्द्रित एक चित्रकला प्रतियोगिता आयोजन गरिएको थियो भने महिलाहरूका लागि म्यूजिकल चेयर प्रतियोगिता आयोजना गरिएको थियो।
स्वच्छता ही सेवा 2025 को एक हिस्साको रूपमा पीआईबी र सीबीसी गान्तोकले 17 अक्टोबरमा पाकिम जिल्लाको आसाम-लिङ्जेमा विकलाङ्ग व्यक्तिहरूको कौशल विकास, पुनर्वास र सशक्तिकरणको लागि समग्र क्षेत्रीय केन्द्र, सिक्किमको कार्यालय परिसरमा सफलतापूर्वक एक स्वच्छता अभियान आयोजन गऱ्यो।
हिन्दुस्थान समाचार / बिशाल