एनएचआईडीसीएलको कार्यकारी निर्देशकद्वारा एनएच 110 अन्तर्गत पगलाझोडा क्षेत्रको निरीक्षण
Nhidcl


खरसाङ, 29 अक्टोबर (हि.स.)। एनएचआईडीसीएलका कार्यकारी निर्देशक मनोज कुमारले आज राष्ट्रिय राजमार्ग 110 अन्तर्गत पगलाझोडाको पैह्रो क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। राष्ट्रिय राजमार्ग 110 को जिम्मेवारी एनएचआईडीसीएलले लिएपछि कुनै ठूलो अधिकारीको यो भ्रमण महत्वपूर्ण मानिएको छ।

एनएचआईडीसीएल अन्तर्गत दिल्लीबाट आएका कार्यकारी निर्देशक मनोज कुमारले राष्ट्रिय राजमार्ग 110 अन्तर्गत पगलाझोडाको पैह्रो क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै थाँतीमा रहेका कामहरु निरीक्षण गरेको बताइएको छ। यसावधि उनले पगलाझोडाको पैह्रो क्षेत्रमा पहिलाको काम किन थाँतीमा रह्यो र कसरी काम गर्नुपर्ने भन्ने विषयमा निरीक्षण गरेका थिए।

उनले विशेष गरेर यो पैह्रो क्षेत्रको अध्ययन र काम विषयमा निरीक्षण गरे। उनले तीनधारेको 'वी लभ तीनधारे' क्षेत्र र महानदीको तिरसठ पाखाको पैह्रो पनि निरीक्षण गरेको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande