कोकराझार (असम), 9 अक्टोबर (हि.स.)। बोडोल्याण्ड टेरिटोरियल काउन्सिल (बीटीसी)- को पाँचौ सत्र आजदेखि शुरु भयो। यस अवसरमा कोकराझारस्थित परिषद् भवान, बोड़ोफा नगरमा नवनिर्वाचित सदस्यहरूलको निम्ति शपथ ग्रहण समारोह आयोजना गरियो।
परिषदको मोठ 40 वटा सीटमध्ये 37 जना नवनिर्वाचित सदस्यहरूले शपथ लिए भने 3 जना सदस्यहरू अनुपस्थित रहे। यो समारोह हालैमा सम्पन्न चुनाउपछि नवनिर्वाचित परिषदको कार्यकालको आधिकारिक शुरूआतको प्रतीक बन्यो।
प्रक्रिया उपरान्त नवनिर्वाचित सदस्य डेरासात बसुमतारीले मीडिया समक्ष भने, “आज 37 जना सदस्यहरूले शपथ लिएका छन् भने 3 जना सदस्यहरू क्रमशः प्रमोद बोडो, राकेश ब्रह्म र रेखा रानी दास बोडो अनुपस्थित रहे। अब चाँड़ै नै सभापति र उपसभापतिको चुनाउ पनि हुनेछ। साथै आगामी केही दिनभित्रै कार्यकारी सदस्यहरूलाई पनि अन्तिम रूप दिइनेछ।”
नयाँ परिषदको गठनलाई लिएर बोड़ोल्याण्डका मानिसहरूले ठूलो आशाले हेरिरहेका छन्। जनतालाई आशा छ, पूर्ण रूपले कार्यशील बीटीसी सरकारले उनीहरूको विकास र आकांक्षाहरूलाई पूरा गर्ने दिशामा महत्वपूर्ण कदम उठाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा