अलिपुरद्वार, 9 अक्टोबर (हि.स.)। बितेको बुधवार साँझ फालाकाटाको रेलवे क्वार्टरमा एकजना महिलाको मृत्यु भएको मामिला सामु आएको छ। जानकारी अनुसार क्वार्टरभित्र लामो समयसम्म पनि कुनै प्रकारको गतिविधि नदेखेपछि छिमेकीहरूले ढोका ढक्ढकाए। भित्रबाट कुनै प्रकारको प्रतिक्रिया नआएको कारणले छिमेकीहरूले ढोका खोलेर हेरे जहाँ महिलाको शव भुइँमा लड़िरहेको थियो। तत्कालै पुलिसलाई सूचित गरियो। प्रारम्भिक जाँचमा पुलिसले अनुमान व्यक्त गरेको छ, महिलाको हत्या गरिएको हो।
मृतकाको पहिचान बाबली देवी (27)- को रूपमा भएको छ। शवलाई फालाकाटा रेलवे क्वार्टरको 10बी टाइप-1 क्वार्टरभित्र भेटिएको हो। पुलिसको मान्यता छ, बाबली देवीको हत्या उनकै पति रञ्जन कुमारले गरेको हुनसक्छ जो घटनापछि भागेको छ।
रेलवे सूत्र अनुसार रञ्जन कुमार रेलवेको चतुर्थ श्रेणीका कर्मचारी हुन् भने तिनी ट्र्याकम्यानको पदमा कार्यरत छन्। केही दिनपूर्व तिनी आफ्नी पत्नी बबलीसित यस क्वार्टरमा बस्न आएका थिए। क्वार्टरका मालिक लक्ष्मीश्वर बर्मन जो स्वयं पनि रेलवे कर्मचारी हुन्,- ले बताए, “मैले रञ्जनलाई केही दिनको लागि यो क्वार्टरा बस्न दिएको थिएँ। यो निर्णय अफिसका वरिष्ठ अधिकारीहरूको निर्देशमा लिइएको थियो। यस अतिरिक्त मलाई केही पनि थाहा छैन।”
पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ साथै भगौड़ा पति रञ्जन कुमारलाई खोज्न शुरू गरेको छ। शुरूआती जाँचमा यो मामिला हत्या प्रतीत भइरहेको छ। तथापि पुलिसले सबै पाटो र पक्षको जाँच ग रिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा