सिलगढ़ी, 9 अक्टोबर (हि.स)। कार्यस्थलदेखि घर फर्किरहेकी एकजना युवतीको सड़क दुर्घटनामा परी मृत्यु भयो। यो दुःखदायी घटना गए बुधवार राती साहुडांगी-आमबाड़ी राज्य राजमार्गमा साहुडांगी मोड़ संलग्न क्षेत्रमा भएको हो। मृतक युवतीको नाम गौरी राय (20) हो जो साहुडांगी क्षेत्रकी निवासी थिइन्। स्थानीय सूत्रानुसार गौरी साहुडांगी संलग्न एक निजी कारखानामा काम गर्थिन्। कामबाट छुट्टी भएर तिनी साइकल मार्फत घर फर्किरहेकी थिइन्। यसै अवधि द्रूत गतिमा आइरहेको एक मालवाहक वाहनले तिनलाई ठक्कर दियो जसले गर्दा गौरीको घटनास्थलमै मृत्यु भयो। सूचना पाएर घटास्थलमा पुगेको भोरेर आलो औ न्यू जलपाईगुड़ी पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्न उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। पुलिसले घातक वाहनलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा