दक्षिण दिनाजपुर, 9 अक्टोबर (हि.स)। अस्पतालबाट नानी चोर्ने प्रयास गरिरहेका दुईजना महिलाहरूलाई ड्यूटीमा तैनाथ नर्सहरूले चोरी गरिरहेको समयमै समाते। यो घटना गए बुधवार अबेर राती बालुरघाट सुपर स्पेशियलिटी अस्पतालमा भएको हो। यस घटनाको कारणले अस्पताल परिसरमा सन्त्राष व्याप्त भएको छ। दुवै आरोपी महिलाहरूलाई बालुरघाट थानाको पुलिसले हिरासतमा लिएको छ।
भनिन्छ, त्यस रात दुईजना मातेका महिलाहरू बालुरघाट सुपर स्पेशियलिटी अस्पतालको प्रसुति वार्डमा सुरक्षा गार्डको नजरदेखि बचेर प्रवेश गरे। दुवैले एकजना नवजात शिशुलाई चोरेर भाग्ने चेष्टा गरे। मामिला संज्ञानमा आउनसाथ वार्डमा तैनाथ नर्सहरूले दुवै महिलाहरूलाी समाते अनि उनीहरूको कब्जाबाट शिशुलाई मुक्त गराए। त्यसपछि दुवै महिलालाई समातेर बालुरघाट थानालाई सूचित गरियो। पुलिसले तुरून्तै घटनास्थलमा पुगेर दुवै आरोपी महिलाहरूलाई हिरासतमा लियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। तथापि जिल्ला अस्पतालको पक्षबाट अहिलेसम्म पुलिसलाई कुनै लिखित सिकायत प्राप्त भएको छैन।
यसबीच घटनालाई मध्यनजर गर्दै अस्पतालको सुरक्षा व्यवस्थालाई अझ कड़ा गरिएको छ। अस्पताल अधीक्षकले स्वयं विभिन्न वार्डहरूमा फोन गरेर कर्मचारीहरूलाई सतर्क रहन भनेका छन्। उनले सुरक्षाकर्मीहरूलाई सुरक्षालाई अझ कड़ा बनाुने आदेश पनि दिएका छन्। पुलिसले आरोपी महिलाहरूको पहिचान खोलाउने चेष्टा गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा