रालाङ नामलुङ जीपीयुका लाभार्थीहरूलाई भेड़ा वितरण
रालाङ नामलुङ जीपीयुका लाभार्थीहरूलाई भेड़ा वितरण


गान्तोक, 14 दिसम्बर (हि.स.)। नाम्ची जिल्लाको रालाङ नामलुङ जीपीयुका लाभार्थीहरूलाई भेड़ा वितरण गरिएको छ। रेनफेड एरिया डेभलपमेन्ट स्कीम अन्तर्गत शनिवार राबोङ एसडीवीएचको रालाङ पशु चिकित्सालयमा आयोजित एक कार्यक्रममा लाभार्थीहरूलाई भेड़ा वितरण गरियो।

पशुपालन एवं पशुचिकित्सा सेवा विभाग अनुसार, कार्यक्रममा रालाङ नामलुङ जीपीयुकी पञ्चायत सभापति छोकी भोटिया, पञ्चायत उपाध्यक्ष डाकमान राई र विभागका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। कार्यक्रममा विभागका जेडी, गेजिङ डा. फुर्बा लेप्चाले योजनामाथि विस्तृतरूपमा जानकारी गराएका थिए।

यस योजना अन्तर्गत कुल 5 जना लाभार्थीहरूलाई एक-एकवटा नर र एक-एकवटा मादा भेड़ा वितरण गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande