क्षेत्रीय स्तरमा रोग निदान र रिपोर्टिङलाई सुदृढ़ पार्न प्रशिक्षण कार्यक्रम सम्पन्न
क्षेत्रीय स्तरमा रोग निदान र रिपोर्टिङलाई सुदृढ़ पार्न प्रशिक्षण कार्यक्रम सम्पन्न


गान्तोक, 14 दिसम्बर (हि.स.)। गान्तोकस्थित राज्य पशु रोग निदान प्रयोगशाला (एसएडीडीएल) ले शनिवार क्षेत्रीय स्तरमा रोग निदान र रिपोर्टिङलाई सुदृढ़ पार्न क्लिनिकल स्याम्पल ह्यान्डलिङ, प्रेषण र पोस्टमार्टम अभ्यासहरूमा एक प्रशिक्षण कार्यक्रम आयोजना गर्‍यो। प्रशिक्षण एसएडीडीएलकी अतिरिक्त निदेशक डा. एमिला सेङ्गा र पशु चिकित्सा अधिकारी डा. टाशी पिन्चो भोटियाले सञ्चालन गरेका थिए।

यस प्रशिक्षण कार्यक्रममा नाम्ची जिल्लाको विभिन्न ठाउॅंबाट उप निदेशकहरू, पशु चिकित्सा अधिकारीहरू र प्याराभेट्स सहभागी बनेका थिए। कार्यक्रमको क्रममा सहभागीहरूलाई विभिन्न रोगहरूको लागि क्लिनिकल स्याम्पलहरूको उचित सङ्कलन, उपयुक्त उपकरणहरूको प्रयोग, संरक्षण प्रविधि र उपयुक्त यातायात माध्यम प्रयोग गरेर नमूना पठाउने सही विधिहरूको बारेमा विस्तृत मार्गदर्शन दिइएको थियो।

स्रोत व्यक्तिहरूले पनि पोस्टमार्टम जाँचहरू सञ्चालन गर्न आवश्यक विषयहरू, जैविक सुरक्षा उपायहरू र परीक्षाको समयमा पालना गर्नुपर्ने मानक सञ्चालन प्रक्रियाहरूको बारेमा पनि विस्तृत रूपमा जानकारी गराए। दस्तावेज र चेन-अफ-कस्टडी प्रोटोकलसहित भेटेरो-लिगल मुद्दाहरूलाई सम्हाल्ने कार्यमा विशेष जोड दिइएको थियो। यस अवसरमा सहभागीहरूसॅंग अन्तरक्रियात्मक छलफल पनि सम्पन्न भएको पशुपालन विभागले विज्ञप्तिमा जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande