जीटीए प्रमुख अनित थापाको कारणले 313 जना शिक्षक शिक्षिकाहरुको घरमा उज्यालो छाएको छ - अनित खाती
Anit khati


खरसाङ, 25 दिसम्बर (हि.स.)। दार्जिलिङका 313 जना शिक्षक शिक्षिकाहरुको नोकरीमा लागेको कालो बादल र उनीहरुको‌ प्रतिष्ठालाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले बचाएको युवा शक्तिका केन्द्रिय प्रवक्ता अनित खातीले बताएका छन्।

उनले आज एक भिडियो जारी गर्दै शिक्षक जस्तो पवित्र पेशालाई लिएर चलिरहेको बयानबाजीमाथि कोर्टको स्टे अर्डरले पूर्ण बिराम लागेको बताउंदै यस कार्यमा अनित थापाको मुख्य भूमिका रहेको बताएका छन्‌। उनले 313 जना शिक्षक शिक्षिकाहरुको पक्षमा अभिभावकको रुपमा खडा भएर अनित थापाले शिक्षकहरु लगायत उनीहरुका परिवारहरुमा खुशी ल्याउने काम गरेको बताएका छन्‌‌।

उनले यसको लागि सम्पूर्ण युवाहरुको तर्फबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। युवा शक्ति केन्द्रिय प्रवक्ताले यो लडाई जारी रहनेछ भन्दै गाँस खोस्नेहरुको होइन, तर गाँस जुटाउनेहरुकै‌ जीत हुने ठोकुवा गरेका छन्। उनले भने, अहिले पहाडमा दानव प्रवृत्ति र मानव प्रवृत्तिमाझ लडाई चलिरहेको छ। एकापट्टि जनतालाई नढाँटी राजनीति गर्ने प्रवृत्ति छ भने अर्कोतिर अर्काको आँशु देख्न चाहने, अर्काको चोट देख्न चाहने संस्कार छ, जुन बन्द गरिनुपर्छ। अहिले पहाड अनित थापाको सोचमा हिँडिरहेको छ। अनित थापा यथार्थवादी नेता हुन्। उनकै विचारधारामा हामी अघि बढ्नुपर्छ।'

प्रवक्ता खातीले यहाँ कुनै तथ्यबिना नै नकारात्मक प्रभाव पार्ने कुराहरु मात्र बोल्ने चलन छ भन्दै यस्ता नकारात्मक प्रभाव पार्ने कुराहरुलाई मास्ने प्रयास गरिनुपर्छ बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande