
गान्तोक, 25 दिसम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टी अध्यक्ष पवन चामलिङले क्रिसमसको पावन अवसरमा सिक्किमका सम्पूर्ण जनतासहित विश्वभरका इसाई समुदायलाई हार्दिक बधाई तथा मंगलमय कामना व्यक्त गरेका छन्।
एसडीएफ अध्यक्षले आज जारी आफ्नो सन्देशमा भने, क्रिसमसले करुणा, विनम्रता र प्रेमको शाश्वत शक्तिको स्मरण गराउँछ। प्रभु येशू ख्रीष्टको जीवन र शिक्षाले हामीलाई पीडितहरूसँग उभिन, कमजोरहरूलाई सशक्त बनाउन र एक–अर्कासंग दया, गरिमा तथा सम्मानका साथ व्यवहार गर्न सन्देश दिन्छ। उनले आजको दिनमा हामी प्रभु येशूका यी शिक्षाहरूमा आत्मचिन्तन गरौं भनी आह्वान गरेका छन्।उनले अझ भने, क्रिसमसको साँचो भावना सहानुभूति, सेवा र एकतामा निहित छ। शान्त, न्यायपूर्ण र समृद्ध सिक्किम निर्माणका लागि हामी सबै अघि बढ्दा करुणाले हाम्रो हृदय र कर्मलाई मार्गदर्शन गरोस्। यो क्रिसमसले प्रत्येक घरमा शान्ति, आशा र खुशी लिएर आओस् भनी उनले कामना पनि गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल