मुख्यमन्त्री रेखा गुप्ताले मेट्रो मार्फत यात्रा गरेर अटल बिहारी वाजपेयीलाई दिइन् श्रद्घाञ्जली
मुख्यमन्त्री रेखा गुप्ताले मेट्रो मार्फत यात्रा गरेर अटल बिहारी वाजपेयीलाई दिइन् श्रद्घाञ्जली


नयाँ दिल्ली, 25 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज अटल क्यान्टिनको उद्घाटन गर्नको लागि दिल्ली गेटदेखि लाजपत नगरसम्म दिल्ली मेट्रो मार्फत यात्रा गरिन्। यसपूर्व मुख्यमन्त्रीले अटल बिहारी वाजपेयीको जयन्तीको अवसरमा उनको स्मृति स्थली ‘सदैव अटल’-मा पुगेर उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन्। यस अवसरमा उनले भनिन्, अटलजीको जीवन दर्शन, उनको आदर्श एवं उनको विचार-पथले सदैव हामीलाई राष्ट्र सेवाको मार्गमा अग्रसर गराउँछ।

मुख्यमन्त्रीले सोशल मीडिया एक्समा पोस्ट गर्दै भनिन्, पूर्व प्रधानमन्त्री भारतरत्न अटल बिहारी वाजपेयीले 24 दिसम्बर, 2002-मा दिल्ली मेट्रोको शुभारम्भ गरेका थिए। उनी स्वयं दिल्ली मेट्रोको पहिलो यात्री बने। यो एउटा उद्घाटन मात्र थिएन जबकि दिल्लीको भविष्यलाई दिशा दिने एक ऐतिहासिक क्षण पनि थियो। उनले भनिन्, अटलजीले मेट्रोलाई केवल एक ट्रान्सपोर्ट प्रोजेक्ट मात्र नभएर आधुनिक सोच, पारदर्शी व्यवस्था औ जिम्मेवार शहरी विकासको आधार माने। आज उनको जयन्तीमा दिल्ली गेटदेखि लाजपत नगरसम्म गरेको यो यात्रा त्यहीँ दूरदर्शी सोचलाई श्रद्धाञ्जली हो। यो यात्राले सशक्त निर्णय अनि स्वच्छ नियत कसरी भावी पिँढ़ीको लागि समाधान बन्छ भन्ने कुराको स्मरण गराउँछ।

यात्रा अवधि युवा साथी अनि यात्रीहरूसित सम्वाद गर्ने अवसर प्राप्त भयो साथै मेट्रोको माध्यमबा दिल्लीलाई भइरहेका लाभहरूको सार्थक बातचित भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande