प्रदेश भाजपाले भारतरत्न स्व. अटल बिहारी वाजपेयीको १०१औँ जन्मजयन्ती मनायो
Vajpayee jayanti


गान्तोक, 25 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज साङ्खोलास्थित अमृत महोत्सव पार्कमा भारतरत्न स्व. अटल बिहारी वाजपेयीको १०१औँ जन्मजयन्ती भव्य रूपमा मनाईयो। कार्यक्रममा प्रदेश भाजपा राज्य सचिव साङ्गे पल्जर, मोर्चा अध्यक्षहरू भोपाल बराइली र कर्मा सोनाम भोटिया, ट्रेडर्स सेल संयोजक विकास प्रसाद, कार्यक्रम सह–संयोजक साङ्गे डोमा भोटिया, महिला मोर्चा कार्यकारिणी सदस्य रिता छेत्री, पाकिम जिल्ला अध्यक्ष प्रेम छेत्री खतिवड़ासहित गान्तोक र पाकिम जिल्लाका अन्य पार्टी पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको शुरुवात वाजपेयी जीप्रति पुष्पाञ्जली अर्पण गरेर गरिएको थियो। त्यसपछि ध्रुव चौहानले उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री स्व. वाजपेयी जीको जीवन यात्रा, उपलब्धिहरू तथा सिक्किमको विकासमा उनले पुर्‍याएको योगदानबारे प्रकाश पारे। पाकिम जिल्ला अध्यक्ष प्रेम छेत्रीले देशभक्ति गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापनमा कार्यकर्ताहरूले वाजपेयी जीका आदर्श र मार्गदर्शनलाई आत्मसात गर्दै सिक्किमको विकासका लागि निरन्तर काम गर्ने प्रतिज्ञा गरे।

यसरी नै भारत स्व. अटल बिहारी वाजपेयी जीको जन्मजयन्तीको अवसरमा नाम्ची र गेजिङमा पनि भाजपा जिल्ला टोलीहरूले श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गरेका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande