अग्निकाण्डमा घर जलेर स्वाहा
अग्निकाण्डमा घर जलेर स्वाहा


जलपाइगढ़ी, 25 दिसम्बर (हि.स)। भयानक आगलागीमा एउटा घर जलेर खरानीमा परिणत भयो। आगोले घरभित्र राखिएका सबै सामानहरू, फर्नीजर तथा अन्य आवश्यक दस्तावेजहरूलाई पूर्ण रूपले नष्ट पारिदियो। यो घटना फुलबाड़ी दुई नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला क्षेत्रमा भएको हो।

प्राप्त जानकारी अनुसार पश्चिम धनतला निवासी कृष्णपद सरकार आफ्नी पत्नी र तीनजना नानीहरूसित यसै घरमा बस्दै आएका थिए। उनी पेशाले मछुआरा हुन्। बिहीवार बिहान माछा मार्नको लागि उनी घरबाट निक्लेका थिए। परिवारका अन्य सदस्यहरू घर बाहिर बसिरहेका थिए। यसै अवधि अचानक छिमेकीहरूले कृष्णपदको घरमा आगो बलिरहेको देखे। हेर्दा-हेर्दै आगो सबैतिर फैलियो जसले कोठाभित्र राखिएका सामानहरूलाई आफ्नो चपेटमा लियो।

आगो निभाउनका लागि स्थानीय मानिसहरू तुरून्तै घटनास्थलमा पुगे, तर त्यसबेलासम्ममा घरभित्रका सामानहरू जलेर नष्ट भइसकेको थियो। तथापि यस आगलागीको घटनामा कुनै प्रकारको जनहानि भएको समाचार छैन। कृष्णपद सरकारले बताए, हामी मिहेनत-मजदुरी गरेर आफ्नो परिवार धान्दै आइरहेका छौं। आगोले सबै कुरा नष्ट पारिदियो, अब हामीसित केही पनि बचेको छैन। अर्कोतिर घटनाको सूचना पाउनसाथ न्यू जलपाईगुड़ी थानाको पुलिसले घटनास्थलमा पुगेर मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande