
जलपाइगढ़ी, 25 दिसम्बर (हि.स)। एकजना बेपत्ता महिलाको शवलाई फुलबाड़ीस्थित महानन्दा ब्यारेजबाट उद्धार गरिएको घटनाले सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलाएको छ। बिहीवार बिहान प्रातः भ्रमणमा हिँड़ेका स्थानीय मानिसहरूले फुलबाड़ी महानन्द ब्यारेजको आठ नम्बर लकगेट क्षेत्रमा पानीमा बगिरहेको एउटा शवलाई देखे। खबर फैलिनसाथ घटनास्थलमा भीड़ एकत्र भयो। मृत महिलाको पहिचान मनेश्वरी रायको रूपमा भएको छ जो फुलबाड़ी दुई नम्बर ग्राम पञ्चायतको छोभाभिटा क्षेत्रकी निवासी थिइन्।
परिवार अनुसार महिला पछिल्लो सात दिनदेखिको बेपत्ता भएकी थिइन्। ब्यारेजमा शव भेटिएको सूचना पाएर परिवारका सदस्यहरूले घटनास्थलमा पुगेर शवलाई चिन्हित गरे। घटनाको जानकारी पाउनसाथ फाँसीदेवा थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई जफत गरी उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। महिलाको मृत्यु कसरी भयो, यसको खुलासा अहिलेसम्म हुन सकेको छैन। पुलिस घटनाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा