कोलकातामा पूर्वी कमानको विजय दिवस कर्टन रेजर कार्यक्रम, बाइक ऱ्यालीबाट दिइयो वीरहरूलाई श्रद्धाञ्जली
कोलकातामा पूर्वी कमानको विजय दिवस कर्टन रेजर कार्यक्रम, बाइक ऱ्यालीबाट दिइयो वीरहरूलाई श्रद्धाञ्जली


कोलकाता, 07 दिसम्बर (हि. स.)। विजय दिवस- 2025 को मुख्य समारोहपूर्व पूर्व कमानले आइतवार विजय दुर्गस्थित आफ्नो मुख्यालयमा एक भव्य कर्टन रेजर कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रमको शुरूआत विजय दिवसको सम्मानमा निकालिएको बाइक ऱ्यालीबाट भयो जसमा 142 जना बाइकर्सले भाग लिए। यी बाइकर्स उत्तर बंगालदेखि लगातार राइड रेर कोलकाता पुगे अनि महानगरमा लगभग 25 किलोमीटर लामो ऱ्याली निकाले। ऱ्यालीको नेतृत्व ईस्टर्न कमानका कमाण्डर इन चीफ रामचन्द्र तिवारीले गरेका थिए।

मुख्य कार्यक्रममा 1971 सालको युद्धमा वीरगति प्राप्त भारतीय जवान तथा बंगलादेशी मुक्तियुद्धाहरूलाई जीओसी रामचन्द्र तिवारीले श्रद्धाञ्जली अर्पण गरे। यसपूर्व तीनजना नागरिक तथा सेनाको पक्षबाट तीनजना मानिसहरूले श्रद्धाञ्जली अर्पण गरे। पूर्वी कमानद्वारा आयोजित कार्यक्रममा युद्धको ऐतिहासिक महत्वलाई स्मरण गरियो अनि भारतको निर्णायक विजयका ती क्षणहरूलाई पुनर्स्मरण गरियो जसको गुञ्ज आज पनि दुवै देशको साझा विरासतमा महसूस हुन्छ।

वास्तवमा 1971 सालको नौ महिना लामो युद्धमा भारतले बंगलादेशलाई नैतिक, कुटनीतिक तथा सामग्री सहयोग प्रदान गरेको थियो। त्सताक लगभग एक कड़ोर मानिसहरू बंगलादेशदेखि भारतमा आएका थिए। त्यस कठिन समयमा भारते उनीहरूलाई आश्रय दिने मानवीय कार्य गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande