
शिवसागर (असम), 7 दिसम्बर (हि.स.)। शिवसागर जिल्लाको डिमौमा एउटा द्रूत गतिको बाइक रोकिएको ट्रकसित ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने एकजनागम्भीर रूपमा घाइते बाइक सवारलाई अस्पतालमा भर्ती गरिएको छ।
पुलिसले आइतवार बतायो, डिमौको भालुकागरी क्षेत्रमा द्रूत गतिको बाइक रोकिएको ट्रकसित ठोक्कियो जसले गर्दा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो। यस घटनामा एकजना व्यक्ति गम्भीर रूपमा घाइते भए। मृतकको पहिचान निताईपुखरी गरभंगा क्षेत्रको राज गोगोईको रूपमा भएको छ।
यो दुर्घटना भालुकागुरी क्षेत्रस्थित आवेली रिजर्ट नजिक भएको हो। दुर्घटना भएको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले दुर्घटनामा घाइते आदित्य गोगोईलाई उपचारको निम्ति स्थानीय अस्पतालमा भर्ती गरायो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा