चलायमान स्वास्थ्य सेवालाई लिएर तृणमूलमा गुटबाजीको आरोप, स्थानीय मानिसहरू हैरान
चलायमान स्वास्थ्य सेवालाई लिएर तृणमूलमा गुटबाजीको आरोप, स्थानीय मानिसहरू हैरान


हुगली, 07 दिसम्बर (हि.स.)। उद्घाटन पहिला नै भइसकेको छ, तर अब त्यस चलायमान स्वास्थ्य सेवालाई लिएर तृणमूल कंग्गरेसमा गुटबाजी भएको आरोप लागेको छ। घटना तारकेश्वरको नैटा मालपाहाड़ ग्राम पञ्चायत क्षेत्रको हो।

तृणमूलकै उप-प्रधानको आरोप छ, जुन स्थानमा सेवा दिनुथ्यो, पार्टीका नेताहरूको इशारामा रातोरात त्यस ठाउँलाई फेरियो। यति मात्र नभएर यो खबर क्षेत्रका सबै मानिसहरूमा पुग्दा-नपुग्दै परिणामस्वरूप अन्तमा स्थानीय मानिसहरूले विभिन्न समस्याको सामना गरिरहेका छन्।

आइतवार बिहान चलायमान चिकित्सा सेवाको क्याम्प नैटा ग्राम पञ्चायत नजिकैको एुउटा स्कूल अगाड़ि राखिनुथ्यो। बीडीओ कार्यालयबाट पहिला नै पञ्चायतलाई सूचित गरिएको थियो। त्यसपछि पञ्चायतको पक्षबाट क्षेत्रमा प्रचार पनि गरियो। बिहान मानिसहरू सेवा लिनका लागि त्यस क्षेत्रमा पुगे। तर त्यहाँ पुग्दा थाहा लाग्यो, स्वास्थ्य विभागको कुनै लिखित निर्देश बिनै क्याम्प राख्ने निर्धारित ठाउँदेखि चार किलोमीटर टाड़ा क्याम्प राखिँदैछ।

यस घटनालाई लिएर क्षेत्रमा राजनीतिक तानातानी शुरू भएको छ। तृणमूलमा गुटबाजी भएको पनि प्रकाशमा आएको छ। स्थानीय तृणमूल सञ्चालित पञ्चायतका उपप्रधान शेख मनिरुलले स्थानीय नेतृत्वविरूद्ध औंली उठाइरहेका छन्। उनको भनाइ छ, पार्टीका नेताहरूले नै पञ्चायतलाई निच देखाउनको लागाि यो घटनालाई परिणाम दिएका हुन्। मानिसहरू सेवादेखि वञ्चित भइरहेका छन्। नेताले नै बारम्बार पञ्चायतलाई दबाव दिने प्रयास गरिरहेको छ।

उनको यस टिप्पणीलाई लिएर बहस शुरू भएको छ। तथापि गुटबाजीको सिद्धान्तलाई तृणमूलका तारकेश्वर ब्लक अध्यक्ष प्रदीप सिंह रायले खारेज गरिदिएका छन्। उनको भनाइ छ, कुनै विवाद भएको छैन। चलायमान स्वास्थ्य सेवाको स्थान स्वास्थ्य विभागले तय गर्छ। त्यस क्षेत्रमा एकजना व्यक्तिको मृत्यु भएको कारणले स्थान परिवर्तन गरिएको हो।

अर्कोतिर विपक्षी पार्टी पनि कटाक्ष गर्न चुकिरहेको छैन। भाजपाको आरामबाग संंगठनात्मक जिल्लाका सहअध्यक्षको प्रश्न छ, आफ्नो विवादलाई स्वयं सुल्झाओस्। मानिसहरूलाई किन सताइँदैछ?

यसरी नै स्थान परिवर्तनको बारेमा तारकेश्वर ग्रामीण अस्पतालका स्वास्थ्य अधिकारी डा. शेख हनिफले भनिरहेका छन्, उच्च अधिकारीहरूको निर्देशमा उनीहरूले सेवा प्रदान गरेका हुन्। योभन्दा बढ़ी भन्नु सम्भव छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande