
गान्तोक, 7 दिसम्बर (हि.स.)। प्याराग्लाइडिङ टिमले जोरथाङमा परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। माघे संक्रान्ति मेला 2026 आयोजक समितिले जोरथाङमा रोमाञ्च अनुभव गर्न मानिसहरूलाई निमन्त्रणा गरेको छ।
अनुभवी प्याराग्लाइडिङ टिमले शनिवार जोरथाङमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गर्दै सहज टेकअफ र निर्धारित साइटमा सुरक्षित अवतरण गऱ्यो। यस गतिविधिलाई आगामी माघे संक्रान्ति मेलामा साहसिक खेलकुद शुरू गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम बताइएको छ।
भ्रमण टोलीमा प्याराग्लाइडिङ प्रशिक्षक एवं सिक्किम प्याराग्लाइडिङ एसोसिएशनका महासचिव अर्जुन कुमार राई, प्याराग्लाइडिङ वर्ल्ड कपका निर्णायक एवं साउथ कोरियाका पाइलट कुङ यङ कर्क, जर्मनीका प्याराग्लाइडिङ प्रशिक्षक फेबियन ल्याम र लद्दाखका प्याराग्लाइडिङ प्रशिक्षक सोनाम लद्दाखी सामेल थिए।
भ्रमण टोलीले प्याराग्लाइडिङ गतिविधिहरूका लागि जोरथाङ सिक्किमकै सबैभन्दा सुरक्षित अवतरण क्षेत्रहरू मध्ये एक रहेको बताएको छ। उनीहरूले साहसिक उत्साहीहरू र जन साधारणलाई माघे संक्रान्ति मेला 2026 को अवसरमा मनोरम परिदृश्यमा उडान भर्ने रोमाञ्चक अनुभव गर्न प्रोत्साहित गरेका छन्।
सफल परीक्षण उडान र विज्ञहरूको सकारात्मक प्रतिक्रियाले आगामी माघे संक्रान्ति मेला आगन्तुक र सहभागीहरूका लागि प्याराग्लाइडिङको अविस्मरणीय अनुभव बन्ने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल