
खरसाङ, 7 दिसम्बर (हि.स.)। खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह अन्तर्गत आइतवार बिहान खरसाङको रेलवे स्टेशनबाट शताब्दी गौरव यात्रा निकालियो। सन् 1925 मा स्थापना भएको विश्वकर्मा समाज खरसाङको शतवार्षिकी समारोह आज तीन चरणमा सम्पन्न भयो।
पहिलो चरणमा बिहान खरसाङको रेलवे स्टेशनबाट शताब्दी गौरव यात्रा निकालेर कार्यक्रम स्थल सन्त अल्फन्सेससम्म पुगेर कार्यक्रममा परिणत भएको थियो। यसावधि खरसाङको रेलवे स्टेशन परिसरमा समाजका पुरोहितहरुले शंक घोष साथै मन्त्रोचारण गरेर एक हजार पटेकाहरु पड्काएर शताब्दी गौरव यात्रा शुरु गरिएको थियो।
शताब्दी गौरव यात्रा खरसाङ बजार र हिल कार्ट रोड हुँदै खरसाङ विश्वकर्मा समाजका पदाधिकारीहरु र विभिन्न स्थानहरुबाट आएका प्रतिनिधिहरुले सांस्कृतिक बाजा गाजाको साथमा नाच्दै गाउँदै ऱ्याली निकाले। यस अवसरमा मुख्य अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट रिबन काटेर शतवार्षिकी समारोहको उद्घाटन गरियो।
शताब्दी गौरव यात्रा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी समारोह समितिका मुख्य संयोजक हेमन्तकुमार दर्नालले खरसाङ विश्वकर्मा समाजको 100 वर्ष पुगेको अवसरमा शतवार्षिकी समारोहको पहिलो चरणमा खरसाङको रेलवे स्टेशनबाट शताब्दी गौरव यात्रा निकालिएको बताए। उनले यो यात्रा खरसाङको सन्त अल्फन्सेस विद्यालयमा पुगेर समाप्त भएको बताए।
हिन्दुस्थान समाचार / हनोक