इम्फाल, 19 फरवरी (हि.स.)। मणिपुर पुलिस औ सुरक्षा बलहरूले विभिन्न अभियानहरूमा प्रतिबन्धित उग्रवादी संगठनहरूका पाँचजना उग्रवादी तथा एकजना समर्थकलाई पक्राउ गरेका छन्।
पुलिसले बुधबार बतायो, सुरक्षा बलहरूले कांगलेइपाक कम्युनिस्ट पार्टी (प्रोग्रेसिभ वर्कर्स ग्रुप) [केसीपी (पीडब्ल्यूजी)]- का समर्थक रोमियो लैशराम (50)-लाई इम्फाल वेस्ट जिल्लाको पटसाई थाना अन्तर्गत यूरेंबम अवांग लेकाईस्थित उसको घरबाट पक्राउ गरे भने उसको कब्जाबाट 7.65 मिमी पेस्तोल, 15 कारतूस, एउटा पेस्तोल होल्स्टर र आधार कार्ड जफ्त गरियो।
ककचिंग जिल्लाको ईरुम मापाल क्षेत्रबाट पनि केसीपी (पीडब्ल्यूजी)- का सक्रिय सदस्य नाओरेम प्रेमकान्ता सिंह (43)-लाई पक्राउ गरियो जो आम जनतासित बलजफ्ती असुलीमा सामेल थिए।
यसरी नै प्रीपाक (प्रो)- का दुई सक्रिय उग्रवादीहरूलाई पनि पक्राउ गरियो। पहिलोलाई महिनन्द्रा शोरूम, ओकशोंगबुंग, तिद्दिम रोड, बिष्णुपुर जिल्लाबाट पक्राउ गरियो जसको नाम थोकचोम सिंह उपनाम चोंगथोइबा (24) हो। उसको कब्जाबाट मोबाइल फोन र आधार कार्ड जफ्त गरियो। दोस्रोलाई उरिपोक खुमंथेम लेकाई, इम्फाल वेस्टबाट पक्राउ गरियो जसको नाम सलाम सितोलजित सिंह उपनाम सेवेन्टी उपनाम सेवनकुमार (36) हो। यी आरोपी पनि बलजफ्ती असुलीमा सामेल खिए र उबाट मोबाइल फोन जफ्त गरियो।
यसरी नै इम्फाल ईस्ट जिल्लाको हट्टा गोलापट्टी, परोमपट थाना क्षेत्रबाट आरपीएफ/पीएलएका सक्रिय सदस्य वाइखोम इबुंगो मैतेई उपनाम मंगल (26)-लाई पक्राउ गरियो भने उ सरकारी अधिकारी तथा स्कूल-कलेजहरूबाट बलजफ्ती असुलीमा सामेल थिए। उबाट एउटा दुईचक्के वाहन र दुईवटा मोबाइल फोन जफ्त गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा