वेव्स-2025 लाइव प्रसारणमा गलत सूचनाको सामना गर्न एआई-संचालित समाधान पेश गरिने
ट्रूथ


नयाँ दिल्ली, 04 फरवरी (हि.स.)। सूचना एवं प्रसारण मन्त्रालयले इण्डिया सेलुलर एण्ड इक्ट्रोनिक्स एसोसिएशन (आईसीईए) को सहयोगले ट्रूथटेल हेकाथन चेलेञ्जको घोषणा गरेको छ। हेकाथन वर्ल्ड अडियो भिजुअल एण्ड एन्टरटेनमेन्ट समिट (वेव्स) 2025 को क्रिएट इन इण्डिया चेलेञ्ज (सीआईसी) को सीजन 1 को हिस्सा हो। यो चेलेञ्ज लाइव ब्रडकास्टिङमा गलत सूचनाको सामना गर्न एआई-संचालित समाधान विकसित गर्ने उद्देश्यले एक अग्रणी पहल हो।

गलत सूचनाहरूलाई ह्याक गर्नुः

मन्त्रालयको भनाई छ, आजको मीडिया परिवेशमा गलत सूचनाहरू तीव्र गतिमा फैलिन्छ, खासगरी लाइव प्रसारणमा। वास्तविक समयमा गलत सूचनाको पत्तो लगाउने चुनौती प्रसारकहरू, पत्रकारहरू र दर्शकहरूका लागि समान रूपमा महत्वपूर्ण हो।

10 लाख रूपियाँको पुरस्कार पूलको साथ, हेकाथन डेवलपर्स, डेटा वैज्ञानिकहरू र मीडिया पेशावरहरूसित वास्तविक समयमा गलत सूचनाको पत्तो लगाउन र तथ्य सत्यापनको निम्ति एआई-संचालित उपकरण बनाउने आह्वान गर्दछ। जित्ने टीमहरूलाई नगद पुरस्कार, मेन्टरशिपको अवसर र अग्रणी तकनीकी पेशावरहरूसित इनक्यूबेशन सहायता प्राप्त हुनेछ। आजसम्म हेकाथनले जोडदार रेस्पोन्स पाएको छ, जसमा वैश्विक स्तरमा 5,600 भऩ्दा धेरै पंजीकरण भएको छ, जसमा महिलाहरूको भागीदारी 36% रहेको छ।

मुख्य उद्देश्य:- लाइव प्रसारणमा सूचनाको वास्तविक समयमा पत्तो लगाउनु र सत्यापनको निम्ति एआई-संचालित उपकरण विकसित गर्नु।

- मीडिया परिदृश्यमा विश्वास र पारदर्शिता बढ़ाउनु।

- समाचार रिपोर्टिङमा कृत्रिम बुद्धिमत्ताको नैतिक उपयोगलाई प्रोत्हासन दिनु।

हेकाथन चरण र मुख्य मिति:

- प्रोटोटाइप जमा गर्ने अन्तिम मितिः 21 फरवरी 2025

- अन्तिम प्रस्तुतिहरू: मार्च 2025 को अन्तमा

- विजेताहरूको प्रदर्शन: वेव्स शिखर सम्मेलन 2025

- भागीदारी विवरण र पंजीकरणको निम्ति, यहाँ जानुः https://icea.org.in/truthtell/

सहयोगी भागीदार:

हेकाथनलाई इलेक्ट्रोनिक्स र सूचना प्रौद्योगिकी मन्त्रालय (MeitY), इण्डिया एआई मिशन र डेटा लीड्स सहित प्रमुख भागीदारहरूद्वारा समर्थन दिइँछ, यो मीडिया प्रौद्योगिकीमा नवाचारलाई प्रोत्साहन दिन र प्रसारण मानकहरू बनाई राख्नका लागि आईसीईएको समर्पणलाई रेखांकित गर्दछ।

आईसीईएको बारेमा:

भारत सेलुलर र इलेक्ट्रोनिक्स एसोसिएशन (आईसीईए) भारतमा मोबाइल र इलेक्ट्रोनिक्स क्षेत्रको प्रतिनिधित्व गर्ने शीर्ष उद्योग निकाय हो, जसले भारतको डिजिटल पारिस्थितिकी तन्त्रलाई मजबुत गर्नका लागि नवाचार, नीति वकालत र वैश्विक सहयोगलाई अघि बढ़ाउँदछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande