पटना सिविल कोर्टलाई बमको धम्की, परिसर खाली गरियो
पटना सिविल कोर्ट की फाइल फोटो


पटना, १८ सेप्टेम्बर (हि.स.)। पटना सिविल कोर्टलाई शुक्रवार इमेल मार्फत बम विस्फोट गरी उड़ाउने धम्की आएपछि अदालत परिसरमा खैलाबैला मच्चियो। सूचना प्राप्त हुनासाथ पीरबहोर थाना पुलिसले सावधानीस्वरूप सम्पूर्ण परिसर खाली गराएर अदालतको कामकाज रोकिएको छ।

पुलिस, बम निष्क्रिय पार्ने टोली तथा डग स्क्वाड सहितको टोली घटनास्थलमा पुगेर सघन तलासी गरिरहेको छ। धम्कीपूर्ण इमेलमा सिविल कोर्टका सबै भवनलाई बमले उड़ाउने उल्लेख गरिएको बताइएको छ।

सूचनापछि सुरक्षाका दृष्टिले अदालतको मुख्य प्रवेशद्वार बन्द गरिएको छ। परिसरमा रहेका सर्वसाधारण तथा कर्मचारीलाई बाहिर निकालिएको पुलिसले जनाएको छ। पुलिसले धम्की पठाइएको इमेलको समेत अनुसन्धान गरिरहेको छ। इमेल कहाँबाट र कुन माध्यमबाट पठाइएको हो भन्नेबारे पत्ता लगाउने प्रयास भइरहेको छ।

नगर पुलिस उपाधीक्षक (डीएसपी-१) राजेश कुमारले इमेल मार्फत पटना सिविल कोर्टलाई बम विस्फोट गर्ने धम्की प्राप्त भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताए। पुलिस र बम निष्क्रिय पार्ने टोलीले अदालत परिसरमा तलासी गरिरहेको उनले जानकारी दिए।

तलासी तथा सुरक्षा जाँच पूरा भएपछि मात्र वास्तविक अवस्था स्पष्ट हुने उनले बताए। धम्कीपछि हाल सिविल कोर्टको कामकाज प्रभावित भएको र सुरक्षा जाँच जारी रहेको पुलिसले जनाएको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप कारबाही गरिने बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande