गान्तोक, 15 मार्च (हि.स.)। सदर पुलिस थानामा अझ एउटा साइबर क्राइमको मामिला दर्ता भएको छ। प्रविधिको पहुॅंचसॅंगै अनलाइन ठगीका घटनाहरू पनि तीव्र हुन थालेका छन्।
पुलिस रिपोर्ट अनुसार, बोझोघारी निवासी एसके नुर मोहम्मदलाई 75 एक्सप्लोर प्रोजेक्टमा अनलाइन नोकरीको आश्वासन दिएर अज्ञात व्यक्ति (हरू) ले उनको ब्याङ्क खाताबाट 2,60,776 रूपियॉं निकाले। मूल रूपमा पश्चिम बंगाल निवासी पीडित व्यक्तिले अज्ञात व्यक्ति (हरू) विरुद्ध मामिला दर्ता गराएका छन्।
सदर पुलिसले घटनाको सम्बन्धमा बीएनएस 2023 को धारा 111(2)(बी)/318(2)/319(1) र आईटी एक्ट, 2000 को धारा 66डी अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल