नाम्ची, 15 मार्च (हि.स.)। राज्य खेलकुद एवं युवा मामिला विभाग, नाम्चीले आज जिल्लास्तरीय खेलकुद प्रतियोगिता 2024-25 आयोजना गऱ्यो। स्थानीय भाइचुङ स्टेडियममा आयोजित उक्त प्रतियोगिता नेहरू युवा केन्द्रको संयुक्त तत्वावधानमा आयोजना गरिएको थियो।
प्रतियोगिता अन्तर्गत फुटबल र भलिबल प्रतियोगिता मुख्य आकर्षण थियो। येश फाउण्डेशन भलिबल प्रतियोगिता र प्रगति समाज, सालघारी फुटबल प्रतियोगितामा विजयी बन्यो। यस अतिरिक्त, ताइक्वाण्डो, टेबल टेनिस र ब्याडमिन्टन पनि खेलाइएको थियो।
खेलो इण्डिया अभियान अन्तर्गत आयोजित उक्त प्रतियोगिताको उद्देश्य खेलकुदको माध्यमद्वारा स्वास्थ्य जीवनशैलीलाई बढावा दिनु र 18 देखि 29 वर्ष उमेरका खेलाडीहरूलाई खेलकुदको एउटा मञ्चमा ल्याउनु रहेको छ। खेलकुद प्रतियोगिताको समापनमा विजयी र सबै प्रतिभागीहरूलाई मेडल र प्रमाणपत्रहरू वितरण गरियो।
हिन्दुस्थान समाचार / बिशाल