गान्तोक, 15 मार्च (हि.स.)। जोरथाङ-मल्ली मार्गमा गत बिहिवार भएको वाहन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा वाहन चालक घाइते भएका छन्।
पुलिस रिपोर्ट अनुसार, जोरथाङ-मल्ली मार्ग अन्तर्गत किताम फाटक छेउ नौ माइलमा गत बिहिवार एउटा ट्रक सडकदेखि लगभग 300 फुट तल झऱ्यो र 24 वर्षीय सबिमान राईको घटनास्थलमै मृत्यु भयो। यसरी नै 29 वर्षीय सन्दिप राईलाई गम्भीर अवस्थामा नाम्ची जिल्ला अस्पताल पुऱ्याइयो, तर उनलाई पनि बचाउन सकिएन।
ट्रक जितेन राईले चलाइरहेका थिए। दुर्घटनामा 30 वर्षीय चालक राई पनि घाइते भएका छन्। उनलाई उपचारको निम्ति सीएचसी जोरथाङ लगियो। मृतकहरूको शव पोस्टमार्टमपछि परिवारलाई सुम्पिएको छ। पुलिसले घटनाको सम्बन्धमा बीएनएस 2023 को धारा 281/125/125(ए)/106 अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल