मारूति सुजुकीले अप्रीलदेखि वाहनहरूको मूल्य 4 प्रतिशत बढ़ाउने
मारूति सुजुकीले अप्रीलदेखि वाहनहरूको मूल्य 4 प्रतिशत बढ़ाउने


नयाँ दिल्ली, 17 मार्च (हि.स.)। देशको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुति सुजुकी इण्डिया लिमिटेड (एमएसआईएल)-ले आगामी अप्रेल महिनादेखि आफ्ना वाहनहरूको मूल्य चार प्रतिशत बढ़ाउने घोषणा गरेको छ। कम्पनीले भन्यो, उसले काँचो मालको बढ़्दो लागतको प्रभावलाई कम गर्नको लागि यो वृद्धि गर्नेछ जुन मोडलको आधारमा भिन्न-भिन्न हुनेछ।

मारुति सुजुकी इण्डियाले सोमवार शेयर बजारलाई नियामक फाइलिंगमा बतायो, काँचो मालको बढ़्दो लागत तता परिचालन व्ययलाई मध्यनजर गर्दै कम्पनीले आगामी अप्रेल महिनादेखि कारहरूको मूल्य बढ़ाउने फसेला लिएको छ। कम्पनीले भन्यो, उसले आफ्ना वाहनहरूको मूल्यमा चार प्रतिशत वृद्धि गर्नेछ। मारूति सुजुकीले घरेलु बजारमा शुरूआती स्तरको अल्टो के-10देखि लिएर इनविक्टोसम्मको मोडललाई बेच्दै आएको छ।

एमएसआईएलले पछिल्लो वर्ष दिसम्बर, 2024-मै आफ्ना वाहनहरूको मूल्य 4 प्रतिशत बढ़ाएको थियो जुन जनवरी, 2025-देखि लागू भएको थियो।यस अवधि मारुति सुजुकी इण्डियाले अलग-अलग मोडलको मूल्यमा 15 सय रुपियाँदेखि 32 हजार 5 सय रुपियाँसम्म वृद्धि गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande