आइजोलको ट्रेजरी बजारमा भीषण आगलागी, 60 वटा पसलहरू स्वाहा
आइजोलको ट्रेजरी बजारमा भीषण आगलागी, 60 वटा पसलहरू स्वाहा


आइजोल, 17 मार्च (हि.स.)। राजधानी आइजोलको सिटी सेन्टर ट्रेजरी बजारमा सोमवार भोर बिहान 3:40 बजे आगलागी भयो। यस दुर्घटनामा विधानसभा भवन नजिकै अवस्थित वाणिज्यिक परिसरको आधा भाग जलेर नष्ट भयो।

दमकल विभाग अनुसार यस घटनामा कुनै प्रकारको जनहानि भएको छैन। तथापि बजारका 120 वटा पसलहरूमध्ये 60 वटा पसलहरू जलेर खरानी भएको छ। यसमध्ये फल-सब्जी, कपड़ा तथा घरेलु सामानका पसलहरू सामेल थिए। नजिकैको भवनमा अवस्थित पीएएणआर कार्यालय पूर्ण रूपले जलेर नष्ट भयो भने सोही भवनका अन्य घरहरूलाई भने कुनै नोक्सान पुगेन।

फायर ब्रिगेडले बतायो, आगलागीको कारण स्पष्ट भएको छैन। शुरूआती जाँचमा नशामा धुत मानिसहरूले बालेको आगोको कारणले यो दुर्घटना भएको हुनसक्ने अनुमान लगाइएको छ। किनभने केही मानिसहरू राती यस बजारमा शरण लिन्छन्।

मिजोरममा आगलागीका बढ़्नो घटनाहरू चिन्ताको विषय बन्न पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande