कोलकाता, 17 मार्च (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले प्रख्यात शिक्षाविद् औ साहित्य सिद्धान्तकार प्रोफेसर गायत्री चक्रवर्ती स्पिवाकलाई होलबर्ग पुरस्कार प्राप्त भएकमा बधाई दिएकी छन्। उनले भनिन्, यो पुरस्कार प्राप्त भएकोमा सारा राज्यलाई गर्व अनुभूति भइरहेको छ।
मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार ट्वीट गरी लेखिन्, म हाम्री प्रोफेसर गायत्री चक्रवर्ती स्पिवाकलाई फेरि अर्को शीर्ष अन्तरराष्ट्रिय सम्मान प्राप्त भएकोमा बधाई दिन्छु। उनलाई यस वर्ष नर्वेको प्रतिष्ठित होलबर्ग पुरस्कारको लागि चयन गरिएको छ जसलाई मानविकी औ सामाजिक विज्ञानको क्षेत्रमा सर्वोच्च सम्मान मानिन्छ। यस उपलब्धिबाट उनले हामी सबैलाई गौरवान्वित तुल्याएकी छन्।
गायत्री चक्रवर्ती स्पिवाक आफ्नो साहित्यिक सिद्धान्त तथा दार्शनिक विचारहरूको लागि विश्वप्रसिद्ध छन्। तर मुख्यमन्त्री ममता ब्यनर्जीले उनको समाजसेवाका कार्यहरूको पनि सराहना गरिन्। उनले भनिन्, पश्चिम बंगालका सुदूरवर्ती गाउँहरूका गरीबहरूको सेवाप्रति उनको प्रतिबद्धता प्रेरणादायक छ। यस अतिरिक्त उनले बंगला साहित्यका कालजयी कृतिहरूको अंग्रेजी अनुवाद गराउने उनका प्रयासहरूको पनि सराहना गरिन्।
मुख्यमन्त्रीले उनलाई हार्दिक शुभकामना दिँदै उनको उज्जव भविष्यको कामना गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा