कोलकाता, 17 मार्च (हि. स.)।हावड़ा जिल्लाको बागनान नजिक सोमवार बिहान 6:30 बजे राष्ट्रिय राजमार्गमा भएको सड़क दुर्घटनामा भारत सेवाश्रम संघका एकजना सन्यासी तथा एकजना सेवकको मृत्यु भयो। यस दुर्घटना अन्य मानिसहरू पनि घाइते भएका छन्।
कोलकाताको बालीगञ्जस्थित भारत सेवाश्रम संघको मुख्यालयले पुष्टि गरेको छ, यस दुर्घटनामा संघका सन्यासी स्वामी शुभंकरानन्द महाराज (55) औ सेवक बसुदेव (60)-को मृत्यु भयो भने स्वामी अमरानन्द महाराज गम्भीर रूपमा घाइते भए।
जिल्ला पुलिस सूत्र अनुसार यो वाहन कोलकाताको गड़ियास्थित भारत सेवाश्रम संघको एक आश्रमदेखि पूर्व मेदिनीपुरको महिषादल तर्फ गइरहेको थियो। वाहन हावड़ाको बागनान क्षेत्रमा पुगेपछि चालकले नियन्त्रण गुमाए अनि कार विपरीत दिशामा गेर बालुवाले भरिएको द्रूत गतिको लरीसित ठोक्कियो जसले गर्दा सन्यासी र सेवकको घटनास्थलमै मृत्यु भयो भने अर्का सन्यासीको टाउकोमा गमम्भीर चोट लागेको छ जसलाई उलुबेरिया स्टेट जनरल हस्पिटलमा भर्ती गरिएको छ। यस अतिरिक्त चालक र अन्य सेवकहरूलाई पनि गम्भीर चोट लागेको कारणले सबै उपचाराधिन छन्। यस घटनामा वाहन पूर्ण रूपले क्षतिग्रस्त भएको छ।
पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। दुर्घटनाग्रस्त वाहनलाई हटाउने क्रम जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा